अभिभावक विहिन ४ वालवालिकालाई थामी समाज दोलखाद्धारा संकलित ६२ हजार आर्थिक सहयोग

दर्पण संवाददाता
चरिकोट, असोज ५
आमा बुवा दुवै गुमाएपछि विचल्लीमा परेका दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्वर १ का ४ जना बालबालिकालाई नेपाल थामी समाज दोलखाले ६२ हजार रकम संकलन गरेर हस्ताणतरण गरेको छ ।

नेपाल थामी समाज जिल्ला कार्यसमिति दोलखाको पहलमा विभिन्न व्यक्तित्वहरुबाट संकलन गरेको ६२ हजार ७ सय ६५ रुपैयाँ सहयोग रकम आज एक कार्यक्रमका बीच उक्त रकम वडा अध्यक्ष बाबुलाल थामीलाई हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था नाजुक रहेका कारण बुवाले आत्महत्या गरेको र केहि दिन अघि आमाको समेत निधन भएपछि ४ बालबालिकाले विचल्ली भएको थियो । थामी समाज जिल्ला कार्यसमितिका सचिव देविका थामी, विकास थामी, राखी थामी, हिरामाया थामी लगायतले उक्त रकम कालिञ्चोक गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बावुलाल थामीलाई सामुहिक रुपमा हस्तान्तरण गरे । आर्थिक अवस्था कम्जोर भएका कारण बाबाले आत्महत्या गरेको आमासमेत विरामी हुँदा समयमानै अस्पताल पु¥याउन नसक्दा निधन भएको थियो ।

कालिञ्चोक गाउँपालिका ८, चौघरा निवासी (हाल अमेरिका) गणेश शिवाकोटीबाट ११ हजार २ रुपैयाँ, देविका थामी ५ हजार, विकास थामीबाट ५ हजार तथा विभिन्न व्यक्ति हरुबाट सहयोग जुटेको थियो । यस्तै भव थामी, मञ्जु थामी, खड्ग थामी, जगत बहादुर थामी, राजकुमार ढुंगेल, राखी थामी, सोम बहादुर थामी, शक्ति थामी लगायतले पनि सहयोग गरेका छन् । कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामी, थामी समाजका केन्द्रिय महासचिव लक्ष्मण थामी लगायतको उपस्थिति थियो ।
अभिभावक विहिन बनेका ति बालबालिकाहरुलाई एसओएस वालग्राम नामक संस्थाले जिम्मा लिने प्रतिवद्धता जनाएपनि चारै जनालाई कोरोना संक्रमण पुष्टि भएपछि हाल आईसोलेसनमा छन् ।