दर्पण संवाददाता
असोज ८
दोलखाको कालिन्चोक गाउपालिकाका आमाबुबा दुबै जना गुमाएका अभिभावक बिहिन बालबालिकालाइ द वोर्ल्ड नेपाल अनलाइन मार्फत संकलन गरेको रकम सहयोग गरेको छ ।
दोलखा घर भइ हाल अमेरिका निवासी डोल्मा लामाको नेतृत्वमा संकलन गरेको ३० हजार रकम उनिहरुलाइ प्रदान गरेको हो । दोलखाको कालिन्चोक गाउपालिका वडा नम्बर १ निवासी ती बालबालिकाको आमा बुवा दुबै जनाको निधन भए पछि अभिभावक बिहिन बनेको थियो । थामी समुदायका आर्थिक अबस्था कम्जोर रहेका ती बालबालिका हरुको विभिन्न संचार माध्यममा समाचार प्रशारण भए पछि विभिन्न क्षेत्र बाट सहयोग जुटेको छ । अभिभावक बिहिन ती बालबालिकाको आर्थिक अबस्था कम्जोर रहेको कारण केही रहात मिलोस भन्ने उदेश्यले सहयोग गरेको अमेरिका निवासी डोल्मा लामाले बताउनु भयो ।
ती बालबालिकाको हाल हेरचाह पठनपाठनको लागि विभिन्न ब्याक्ती तथा संघ संस्थाको पहलमा एस ओ एस बालग्रामले जिम्मा लिएको छ । 
