असार ५
दर्पन संवाददाता
किर्नेटार, दोलखाको तामाकोशी गाँउपालिकाको किर्नेमा आयोजित अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी तामाकोशी गाउपालिकाले हात पारेको छ ।
तामाकोशी गाँउपालिकाको आयोजनामा भएको पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगितामा तामाकोशि गाउपालिका प्रथम , कालिन्चोक गाउपालिका बि दोस्रो, भिमेश्वोर नगरपालिका तेस्रो र कालिन्चोक गाउपालिका ए सान्तोना भएको छ ।
खेलमा प्रथम हुने समुहलाई नगद १ लाख सिल्ड मेडल र प्रमाण पत्र, द्धितिय हुनेलाई ७५ हजार सिल्ड मेडल र प्रमाण पत्र, तृतिय हुनेलाई नगद ५० हजार सिल्ड मेडल र प्रमाणत्र र सान्तोना हुने लाई नगद १५ हजार र प्रमाण पत्र गाउपालिका प्रमुख ईश्वर चन्द्र पोखरेलले वितरण गर्नु भएको थियो । भलिवल प्रतियोगितामा विभिन्न गाँउपालिका तथा नगरपालिका गरी आठ टिमको सहभागिता रहेको थियो ।
तामाकोशी गाँउपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेलले तामाकोशी गाँउपालिकाले अन्य क्षेत्रमा जस्तै खेलकुदको क्षेत्रमा पनि विशेष प्राथमिकता दिएको बताउनु भयो । गाँउपालिकाले एक वडा एक खेलमैदानको अवधारण अनुसार सवै वडाहरुमा खेलमैदानको निर्माण समेत भई रहेको अध्यक्ष पोखरेलले बताउनु भयो ।