अखिल नेपाल रष्ट्रिय स्वतन्त्र विधार्थी युनियन जिल्ला कमिटी दोलखाले एस ईई परिक्षमा उत्कृष्ट हुने विधाथीहरुलाई सम्मान गरेको छ ।
अनेरास्वीयु दोलखाले चरिकोटमा एसईई विधार्थी सम्मान तथा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै दोलखा जिल्लाको प्रत्येक पालिकाको उत्कृष्ट र जिल्ला स्तरीय उत्कृष्ट विधार्थीलाई सम्मान गरिएको अनेरास्वीयु दोलखाका सहसंयोजक आरसी खड्काले बताउनु भयो । जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानिय तहका सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने एक छात्रा र छात्र गरी नौ पालिकाको १८ जना र जिल्ला उत्कृष्ट हुने एक छात्र, एक छात्रा गरी २० जनालाई सम्मान गरिएको सहसंयोजक खड्काले बताउनु भयो । देशभरका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नारा सहित जिल्ला पार्टी कार्यालय चरिकोटमा आयोजना गरिएको सम्मान कार्यक्रममा अनेरास्वीयुका केन्द्रीय महासचिव नरेश रोकाय नेकपा एमालेका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएतले सम्मान पत्रले उत्कृष्ट विधार्थी र विधार्थीका अविभावकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने विधार्थीहरुमा भिमेश्वर नगरपालिकाबाट कुटीडाँडा माविका विप्लब घिमिरे र सर्व माविका कृतिका श्रेष्ठ, कालिन्चोक गाउँपालिकाबाट जल्पाश्वरी माविका सहदेव खत्री, सित्का माविका सरस्वती राउत, विगु गाउँपालिकाबाट चित्र माविका आशिष उप्रेती, रारदा माविका प्रमिला मुग्राती, गौरिशंकर गाउँपालिकाबाट निलकण्ठेश्वर माविका मनोहर घिमिरे, खारे मावीक शर्मिला बुडाथोकी रहेका छन् । त्यस्तै वैतेश्वर गाउँपालिकाबाट हनुमन्तेश्वर माविका प्रशिष घिमिरे, आशिका लामिछाने, जिरी नगरपालिकाबाट, जिरी माविका कैलाश जिरेल र बन्दना कार्की, तामाकोशी गाउँपालिकाबाट, नारायणी माविका सुमन कार्की, सितापाइलाबाट सरला कार्की, मेलुङ गाउँपालिकाबाट, सत्यश्वर माविका विवेक उप्रेती, कालिका माविका प्रियांक पौडेल, शैलुङ गाउँपालिकाबाट दुर्गा माविका सुमन भण्डारी र दिपिका श्रेष्ठ सम्मानित भएका छन् ।
अनेरास्वीयु जिल्ला कमिटी दोलखाले विद्यार्थीहरुलाई लक्षित गरी दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको छ ।
आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा दोलखाका पालीका कमिटी हर तथा जिल्ला कमिटी क्याम्पस कमिटीमा आवद्ध अनेरास्वीयुका सदस्यहरुलाई अनेरास्ववीयुको वारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको अनेरास्वीयुका दोलखा इन्चार्ज राजकुमार ढुंङगेलले बताउनुभयो । कार्यक्रमको उदघाटन गर्नुहुँदै नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले अनेरास्ववीयुका विधाथीहरु हरेक हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अनेरास्वीयसका महासचि नरेश रोकाय लगाएत केन्द्रिय कमिटी सदस्यहरु स पार्टीका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।