चरिकोट, १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ दोलखाले असार पन्ध्र धान दिवसको अवसरमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी दोलखाको आयोजनामा भिमेश्वर नगरपालिका वडा नम्वर ५ किरातिछाप स्थित जरेवेशीमा धान रोपाई कार्यक्रम सम्पन्न गरेको हो । सम्पुर्ण मदुरहरु एक हौ भन्ने नारा सहित किसान महासंघ दोलखाले धान रोपाई कार्यक्रमको आयोजना गरेको हो । नेकपा एमाले निकट अखिल किसान महासंघ दोलखाले प्रत्येक वर्ष धान दिवसको अवसरमा रोपाई कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालीहरुको मुख्य पेशा कृषि रहेको र माना रोपेर मुरी उत्पादन गर्ने समयमा किसानहरुलाई कृषिमा प्रोत्साहन गर्ने उदेश्यलेले रोपाई कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो । नेपालीहरुको मुख्य पेशा कृषि भएता पनि कृषि उत्पादनमा नेपालीहरु आत्मानिर्भर वन्न नसकेको भन्नुहुँदै अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवालय सदस्य केशव चौलागाईले आधुनिकता संगै उत्पादन हुने खेतबारी बाँजो नराखी सवै जना उत्पादनको क्षत्रमा लाग्नुपर्ने बताउनु भयो ।
अखिल नेपाल किसान महासंघ दोलखाको उपाध्याक्ष शान्त कुमार जिरेलको अध्यक्षतामा भएको धान रोपाई कार्यक्रममा नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष तथा एमाले बागमती प्रदेश कमिटी सदस्य इश्वरचन्द्र पोखरेल, जिल्ला समन्वय समिती दोलखाका पुर्व प्रमुख डवल पाण्डे, प्रदेश कमिटी सदस्य कालिका पाठक, भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, भिमेश्वर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । पन्चेवाजा सहित जरेबेशीमा उपस्थित सहभागाीहरुले दहि चिउरा खाई रमाईलो गर्नुका साथै रोपाई गरी धान दिवस मनाएका थिए ।