दर्पण संवाददाता, चरिकोट
विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि चुनौती वन्दै गएको छ । हाल कोभिड नियन्त्रण तथा रोकथामका लागि संघिय सरकार स्थानिय सरकार तथा विभिन्न सामाजिक संघ संस्थाहरु सक्रिय रहेको पाइन्छ ।
कोभिड नियन्त्रणका लागि काम गर्दै आएको दोलखाको विभिन्न अस्पतला हरुमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विरामीको लागि आवश्यक स्वास्थ्य सामग्री तथा अन्य उपकरणहरु सहयोग गर्दै आई रहेको पाइन्छ । कोभिड विरामीको उपचार गर्दै आएको दोलखाको चरिकोट अस्पताल र सिंगटी प्राथमिक स्वास्थ्य चौकीलाई काम फर सस्टेनेबल डेभलपमेन्ट, नेपाल भक्तपुरको संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
अस्पताललाइ अक्सिजन कन्सेन्ट्रेटर ३ सेट र त्यस सङ सम्बन्धित इक्युपमेण्ट तथा स्वास्थ्य सुरक्षा सामाग्रीहरु २ सेट हस्तान्तरण गरेको छ । भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला वस्नेतको उपस्थितीमा चरिकोट अस्पताल र सिंगटी अस्पताललाई डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुको उपस्थितीमा स्वास्थ्य सामग्री हस्ताणतरण गरिएको हो ।
कन्सेन्ट्रेटर र त्यस सङ्ग सम्बन्धित स्वास्थ्य सुरक्षाको सामाग्री काम फर सुद स्विजरल्यान्डको संयोजनमा संकलन गरिएको र सम्झना स्वरुप बर्तमान कठिन अवस्थामा सामाजिक क्षत्रमा सहयोग पुग्ने ब्रह्मध्वज गुरुङले बताउनुभयो ।
