३५ औँ स्थापना दिवसको अवसरमा युवा संघ नेपाल दोलखाद्वारा खुल्ला रक्तदान

राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा युवा संघ नेपाल दोलखाले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल दोलखाले ३५ औ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी संगको समन्वयमा चरिकोट सातदोबाटोमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वृहत खुल्ला रक्तदान कार्यक्रममा विभिन्न क्षत्रका ३७ जना व्यक्तहरुले रक्तदान गर्नुभएको थियो । प्रत्येक व्यक्तिवाट एक एक पिनका दरले ३७ पिन जम्मा गरिएको रेडक्रस नेपाल दोलखाका सभापती इश्वरी दहालले जानकारी दिनुभयो ।

रगतको आवश्यकता परेका विरामीहरुलाई रहजै रगत उपलब्ध गराउने र रगत अभावका कारण कसैको पनि ज्यान नजावस भन्ने उदेश्यले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज वस्नेतले बताउनुभयो । रक्तदान कार्यक्रममा सहभागी हुनुहुँदै नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले युवासंघको स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना व्यक्त गर्नुभयो । रक्तदान कार्यक्रममा सहभागी हुनेहरुलाई नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ युवा संघ दोलखाका अध्यक्ष सरोज वस्नेतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।