दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरीमा रहेको हलेश्वर माविको ६५ औं अभिभावक दिवस आइतवार सम्पन्न भएको छ ।
विद्यालयले स्थापनाको ६५ वर्ष पार गरेको अवसरमा विद्यालयमा आज विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास सुरेलको अध्यक्षता र गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संस्कृतीक कार्यक्रम सहित विभिन्न विधाथीहरुलाई सम्मान गरिएको छ । अभिभावक दिवसको अवसरमा विधार्थीहरुले निर्माण गरिएको शैक्षिक सामग्रीहरुको प्रर्दशन गरिएको थियो ।
अभिभावक दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्म कम्प्यूटर इन्जिनियरिङ डिप्लोमा तह अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई दीक्षान्त समारोह आयोजना गरिएको थियो । गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले डिप्लोमा तह उतीर्ण १० जना विद्यार्थीहरुलाई प्रमाण पत्र र टोपी वितरण गर्नु हुँदै शुभकामना व्यक्त गर्नु भइको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक विक्रम खड्काले विद्यालयको हाल सम्मको प्रगति तथा आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । पालिका अध्यक्ष विश्वास कार्कीले विधालयहरुको भौतिक निर्माण भई सकेको र अव शैक्षिक गुनस्तरलाई ध्यान दिई विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिहरुको उत्पादन गर्नुपर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास सुरेलको अध्यक्षता र गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ५ का वडाअध्यक्ष सुन्दर खड्का, पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल, भूमेगुम्बा माविका प्रधानाध्यापक कुमार गुरुङ, गाउँपालिकाका नेपाल शिक्षक महासंघका सचिव कल्याण खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।