स्वर्गीय पशुपती चौलागाईको स्मृतीमा पशुपती चौलागाई अस्पतालका विरामीलाई फलफुल वितरण

वैशाख २८, चरिकोटः नेकपा एमालेका स्वगीय नेता पशुपती चौलागाईको तेस्रो स्मृति दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटी दोलखाले स्वगीय नेता चौलागाईको सम्झनामा चरिकोट स्थित पशुपती चौलागाई स्मृति अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको हो । स्वगीय नेता पशुपती चौलागाईको निधन पछि उहाँको सम्झनामा नामाकरण गरिएको वागमती प्रदेश स्तरीय पशुपती चौलागाई स्मृति अस्पतालमा रहेका विरामीहरुलाई फलफुल विचरण गरिएको हो । नेकपा एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, सचिव स्वयम बहादुर खड्का, सहसचिव हरी वली, एमाले नेता ज्ञानेन्द्र प्रधान, नवराज खड्का युवा संघ दोलखाका उपाध्यक्ष सुजन श्रेष्ठ लगाएतको उपस्थितीमा विरामीहरुलाई फलफलु वितरण गरिएको हो ।

दोलखाली नागरिकहरुको मन मुटुमा वस्न सफल स्वर्गीय एमाले नेता पशुपती चौलागाईको निधन भएको तेस्रो वर्षको पुगेको स्मृतिको अवसरमा उहाँकै सम्झनामा अस्पतलाका विरामीलाई स्याउ केरा लगाएतका फलफुल विचरण गरिएको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनुभयो ।

एमाले नेता पशुपती चौलागाईको २०७८ वैशाख २८ गतेका दिन कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको निधनले दोलखा जिल्लाको राजनैतिक अविभावक गुमेको स्मरण गर्नुहँदै संवृद्ध दोलखा निर्माणको लागि उहाँले देखाएको वाटो पुरा गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

नेकपा एमालेले स्वगीय नेता पशुपती चौलागाईको स्मृतिमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । जिल्ला कमिटी दोलखाले पार्टी कार्यलयमा स्मृती सभा कार्यक्रम गरेको छ भने काठमाण्डौ सम्पर्क मन्चले काठमाण्डौमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेताहरुले स्मृती सभालाई सम्वोधन गर्नुहुँदै चौलागाईले पु¥याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।