चरिकोट, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जिल्लाको विभिन्न विद्यालयहरुमा विधार्थीहरुको लागि ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम संचालन गर्दै आई रहेको छ ।
ट्राफिक प्रहरी कार्यालय दोलखाले विभिन्न विद्यालयमा अध्ययन गर्ने विधार्थीहरुलाई ट्राफिक नियम सम्वन्धी जानकारी गराउने उदेश्यले विधिन्न विद्यालयमा सचेतना सम्वन्धी कार्यक्रम संचालन गरि रहेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भटराईले जानकारी दिनुभयो ।
चरिघ्याङ टोल विकास समितीको सहकार्यमा ट्राफिक प्रहरी कार्यालय दोलखाले सचेतना कार्यक्रम संचालन गरी रहेको हो । पहिलो चरणमा दोलखा सरमुकाम चरिकोट स्थित विभिन्न विधालयका विधार्थीहरुलाई उक्त कार्यक्रम संचलन गरी रहेको र सम्भव भए सम्म जिल्ला भरका विद्यालयहरुमा कार्यक्रम संचालन गरीने योजना रहेको टोल विकास समितीका अध्यक्ष दावा लामाले बताउनुभयो ।
गत सोमवार चरिकोट स्थित राइजिङ स्टार वोडिङ स्कुलममा संचालन गरिएको सचेतना सम्वन्धी उक्त कार्य एक सय जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको गियो । करिव एक महिना अघि देखि सुरु भएको अभियान अन्र्तगत हाल सम्म विभिन्न पालिकाका दर्जनौ विधालयहरुमा कार्यक्रम संचालन गरी सकिएको छ ।
हाल सम्म तामाकोशी गाउँपालिकाकोे सीता पाईला माध्यमिक विद्यालय जफे, अमर माध्यमिक विद्यालय, गोल्मेश्वोर माध्यमिक विद्यालय मालु, नारायणी माध्यमिक विद्यालयमा संचालन भई सकेको छ । त्यस्तै मेलुङ गाउँपालिकाको सत्यस्वोर मावी पवटी हुँदै भिमेश्वोर नगरपालिकाकोे कुटिडाडा माध्यमिक विद्यालय, अाँकुरा बोर्डिङ स्कुल, राइजिङ स्टार बोर्डिङ स्कुल, लगाएतका विद्यालयहरुमा उक्त कार्यक्रम संचालन भएको र हजारौँ विधार्थी लाभवन्वीत भएका छन् ।
विधार्थीको अध्ययनलाई समेत वाधा नपुग्ने गरी अन्य विधालयहरुमा समेत सचेतना कार्यक्रम संचालन गरिने योजना रहेको प्रमुख भटराईले बताउनुभयो । देशमा ट्राफिक नियमको पालना नगर्दा दैनिक सडक दुर्घटना वढने गरेको र कतिपयको ज्यान समेत जाने गरेको हुँदा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम संचालन गर्नु पर्ने र विधालयहरुमा थप प्रभावकारी हुने हुँदा विद्यालयहरुमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम ट्राफिक सम्वन्धी ज्ञान, सडक दुर्घटना, सडक पेटी तथा सडकको प्रयोग, टाफिक लाईट तथा जिवन उपयोगी व्यवाहरीक ज्ञानहरुको वारेमा प्रशिक्षण गरिने छ ।