सुरज वस्नेतको अध्यक्षतामा प्रेस सेन्टर नेपाल दोलखामा नयाँ नेतृत्व चयन

प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशनले सुरज बस्नेतको नेतृत्वमा १५ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।
दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न जिल्ला अधिवेशनले सुरज बस्नेतको नेतृत्वमा सर्वसम्मत कमिटी चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि प्रेस सेन्टर दोलखाको अध्यक्षमा निर्वाचित भएको हो । समितीको खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा गोविन्द थामी, सहसचिव खुल्लामा राजकुमार भुजेल, सहसचिव समावेशीमा इस्वर विक र कोषाध्यक्षमा नविन सुनुवार चयन हुनुभएको छ ।

जिल्ला समन्वय समितिको खुल्ला सदस्यमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ र सुन्दर खड्का तथा महिला सदस्यमा द्धिपतारा पाख्रिन, दलित सदस्यमा मनिता नेपाली र जनजाति सदस्यमा इन्द्रलक्ष्मी थामी निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय महाधिवेशनकालागि ६ जना र प्रदेश महाधिवेशनकालागि ९ जना प्रतिनिधि पनि चयन गरेको छ ।

कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा माओवादी केन्द्रका नेता अर्जुन योगी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिलवहादुर केसी, पत्रकार महासंघ दोलखा शाखाका निर्वतमान अध्यक्ष दिपशंकर चौंलागाई, प्रेस सेन्टरका दोलखाका नेता सन्तोष भुजेल, प्रेस चौतारी दोलखाका सचिव तारा वहादुर महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।