जिल्ला प्रशासन कार्यालय दोलखामा परिसरमा वैदेशीक रोजगारीमा जानेहरुलाई लक्षित गरी आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ ।
“सकेसम्म स्वरोजगार बनौं, वैदेशिक रोजगारमा जानैपर्ने भए सहि सुचना र सिप सिकेर जाऔं” भन्ने नारासहित भीमेश्वर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरेको हो । स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने नगरपालिकाका रोजगार संयोजक डम्बर प्रसाद ओलीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि सिक्नुपर्ने सिप र तालिम, श्रम स्वीकृति र विदेश जाने रुटसहित विदेशमा कुनै दुर्घटना भएमा पाउने क्षतिपूर्ति लगायतका बारेमा स्रोत केन्द्रले जानकारी दिनेछ । केन्द्रमा २ जना परामर्शकर्ता र १ जना मनोपरामर्शकर्ताले आवश्यकता अनुसारको सेवा प्रवाह गर्नेछन् ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नगर उपप्रमुख कमला बस्नेत लगायतको उपस्थितिमा केन्द्र उद्घाटन् गरिएको हो ।