दर्पण संवाददाता
चरिकोट, २३ मङ्सिर
नेपाली कांग्रेसका नेता एबंम् संघिय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानिय तहलाई पाँच ओटा एम्वुलेन्स हस्ताणतरण गर्नु भएको छ ।
लामाले दोलखाको तामाकोशी गाँउपालिका वडा नं. ३ जफे, कालिन्चोक गाँउपालिका वडा न ९, जिरी नगरपलिका वडा न १, मेलुङ गाँउपालिका वडा नं ६ र विगु गाँउपालिकको स्वामित्वमा संचालन हुने गरि एक एक ओटा एम्वुलेन्स हस्ताणतरण गर्नु भएको हो ।
ग्रामिण क्षेत्रमा एम्वुलेन्स नभएकौ कारण कतिपय विरामी अस्तपाल सम्म पुग्न नसकि मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई विरामीलाई सहज होस भन्ने उदेश्यले एम्वुलेन्स हस्ताणतरण गरेको सांसद लामाले बताउनु भयो । उहाँले गत बर्ष पनि दोलखाको खारेमा एक एम्वुलेन्स हस्ताणतरण गर्नु भएको थियो । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सभासद् लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन सबैलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समानहुन अझै थप ५ एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु ।’
सांसद लामाले एम्वुलेन्स खरिदमा आफु सभासद भए पश्चातको तलव भक्ता रकम खर्च गरेको बताउनु भयो । समाजसेवी लामाले आफ्ना आमा बुवाको नाममा स्थापना गरेको तेङिमा दाडोमा लामा स्मृती प्रतिष्ठानको नामबाट एम्वुलेन्स हस्ताणतरण गर्नु भएको हो ।