सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

दोलखाका सवारी चालक तथा सहचालकहरुलाई सवारी दुर्घटना जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

जनस्वास्थ्य कार्यलयको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको समन्वयमा जिल्लामा रहेको सार्वजनिक सवारी व्यवासयी चालक तथा सहचालकहरुलाई जोखिम न्यूनिकरण सम्वन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सवारी चालक तथा सहचालकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई सवारी जोखिम तथा ट्राफिक नियमको पालना र हुनसक्ने दुर्घटनाबाट वच्ने उपाएको वारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भटराईले जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई सम्वोधन गर्नुहुँदै दोलखाका प्रहरी प्रमुख ज्ञान कुमार महतोले सवारी दुर्घटनाका कारण धेरै व्यक्तिहरुको ज्यान जाने गरेको र त्यसलाई न्युनिकरणको लागि सवारी चालकहरुको महत्वपुर्ण भूमिका रहने हुदा जिम्मेवार सवारीचालक वन्नको लागि आग्रह गर्नु भयो । जनस्वस्थ्य कार्यलय दोलखाका भुवनराज केशीको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा प्रहरी प्रमुख ज्ञान कुमार महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल, ट्राफिक प्रहरी प्रमुख ठाकुर भटराई, चरिघयाङ टोल सुधार समितीका अध्यक्ष दावा लामा लगाएतले शुभकामना मतव्य राख्नुु भएको थियो ।