वैतेश्वर गाउँपालिका विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
वैतेश्वर गाउँपालिकाको आयोजना तथा जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापनमा पाचौं राष्टपति रनिङ शिल्ड प्रतियोगिता आजबाट जनज्योति माध्यमिक विधालयमा सुरु भएको हो । रनिङ शिल्ड जनज्योति माद्यामिक विद्यालयको खेलमैदानमा आज वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले उद्घाटन गर्नु भएको थियो । यस वर्षको रनिङ शिल्डमा प्रतियोगितामा वैतेश्वर गाउँपालिका भित्रका ७ वटा सामुदायिक विद्यालय तथा एक संस्थागत विद्यालय गरी ८ वटा विद्यालय सहभागी रहेकोे खेल व्यवस्थापन विद्यालय जनज्योति माविका प्रधानध्यापक रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा वैतेश्वर गाउँपालिकावडा नम्वर ४ को हनुमन्तेश्वर मावि भने सहभागी नरहेको प्रधानध्यापक भण्डारीले बताउनुभयो । उद्घाटन कार्यक्रममा वैतेश्वर गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष भिमबहादुर तामाङ, वडानम्बर–२ का वडा अध्यक्ष श्यामकुमार तामाङ घिसिङ, वडा नम्बर–३ का वडा अध्यक्ष कमल अधिकारी, वडा नम्बर– ६ का वडा अध्यक्ष अशोक तामाङ, वडा नम्बर– ७ का वडा अध्यक्ष मिनकुमार शिवाकोटी र वडा नम्बर ८ का वडा अध्यक्ष शान्त बहादुर जिरेलले पाचौं रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्नु भएको थियो । सनिवार सम्म चल्ने उक्त प्रतियोगितामा भलिबल तर्फका लिग चरण का छात्रा तथा छात्र तर्फका सबै खेल सकिएको वैतेश्वर गाउँपालिकाका खेल प्रशिक्षक दिपक श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सामुदायिक विद्यालयहरु जनज्योति मावि, विष्णु मावि, कालिढुङ्गा मावि, जलदेवि मावि, बैतेश्वर मावि, कालिका मावि र क्षेत्रवति मावि सहभागी रहेका छन् भने, संस्थागत विद्यालय सनराइज एकेडेमी पनि खेलमा सहभागी रहेकोे छ ।