वैतेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, ९९.४१ प्रतिशत योजना सम्पन्न

दोलखाको बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा संचालन गरेको वार्षिक कार्याक्रमको वारेमा सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न गरेको छ ।

उँपालिकाले चालु आर्थिक २०८०÷८१ मा सम्पादन भएका बार्षिक बिकास कार्यक्रमहरुको समिक्षा तथा वित्तीय प्रगतिको सार्वजानिक सुनुवाई गरिएको थियो । नेपाल पत्रकार महासंघ दोलखाको सहजिकरणमा पालिका प्रमुख छबि लामाको अध्यक्षयतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्याक्रममा पालिकाले यस आर्थिक वर्षमा संचालन गरेको प्रगति प्रतिवेदन तथा वितिय प्रतिवेदन पालिकाका प्रशासन प्रमुख रविन्द्र चौलागाईले प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले चालु आव मा वडा नम्बर १ देखि ८ सम्म एक सय ७२ वटा योजना रहेकोमा ९९ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ । बजेट अभावले वडा नम्बर ७ मा एउटा योजना बाहेक अन्य वडाको सत् प्रतिशत योजना सम्पन्न भएको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ । गाउँपालिकाले चालु आवमा सडक ३४ वटा, गोरेटो बाटो ८० वटा एक मिटर चौडाइ भएको सिडि सहितको गोरेटो निर्माण सम्पन्न गरेको छ । वैतेश्वर हालसम्म २५ किलोमीटर पक्की गोरेटो बाटो निर्माण सम्पन्न भएको छ । त्यसैगरी भवन ९ वटा ,मन्दिर तथा गुम्बा १२ वटा , खानेपानी योजना ८ वटा, सिचाइ योजना ७ वटा र अन्य खेलमैदान, घाट निर्माण सरसफाइ तथा ढल निर्माण तर्फ ३१ वटा योजना रहेको गाउँपालिकाले जनाएको छ ।

सुशासन तर्फ वैतेश्वर गाउँपालिकाले उपलब्धि हासिल गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवालीले बताए । वैतेश्वरले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७५.५५ प्रतिशत अंक प्राप्त गरेको छ । वित्तिय जोखिम मुल्यांकन तर्फ ६६.५ अंक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मुल्यांकनमा ५२.५ प्रतिशत अंक प्राप्त गर्दै दोलखा ९ पालिका मध्ये जिल्लाकै प्रथम पालिका भएको जनाइएको छ ।

गाउँपालिकाको चालु वर्षको आयव्यय तर्फ ५३ करोड ९३ लाख ६२ हजार ९६ रहेकोमा हालसम्म खर्च ४५ करोड ४१ लाख ६७ हजार एक सय ३९ रुपैयाँ खर्च भैसकेको छ । गाउँपालिकामा मौजाद रहेको रकम ८ करोड ५१ लाख ९४ हजार पाँच सय ५६ रुपैयाँ रहेको र चालु वर्ष अन्तिम सम्म सबै भुक्तानी हुँदा वित्तीय प्रगति बढ्ने गाउँपालिकाले जनाएको छ । हाल वित्तीय प्रगति ८४.२ प्रतिशत रहेको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ जवाफदेही वक्ताको रूपमा अध्यक्ष छबि लामा,उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, वडाअध्यक्षहरु भिमबहादुर तामाङ, श्यामकुमार घिसिङ, कमल अधिकारी, कुमार चौलागाईं, भुवन घिमिरे, शान्त बहादुर जिरेल, असोक तामाङ रहेका थिए ।कार्यक्रममा उल्लेख्य स्थानिय तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।