वातावरण संरक्षण सम्वन्धी सिंगटीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोलखाको सिंगटी बजारमा वातावरण संरक्षण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वातावरणको क्षत्रमा काम गर्दै आएको सिविस संस्थाको आयोजनामा जिल्लाको गौरिशंकर गाउँपालिकाका युवाहरुको उपस्थितीमा वातावरण संरक्षण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी युवाहरुलाई सिविसका जिल्ला युुवा उत्प्रेरणा अधिकृत संजिव न्यौपानेले वातावरण अधिकार, संरक्षण र कानुनी व्यवस्थाको वारेमा प्रशिक्षण दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरुलाई सम्वोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष विश्वस कार्कीले वातवरण प्रदुषणका कारण हिमाली क्षत्रमा समस्याहरु देखिन थालेको र चुनौतीपुर्ण विषय वनेको हुँदा वातवरण संरक्षणका लागि सवैले ध्यान दिनुपर्ने बताउनुभयो । पालिका वातवरण संरक्षणको लागि अत्यन्त सचते रहेको बताउनुुहुँदै पालिकाले जलवायु परिर्वत सम्वन्धी स्थानीय अनुकुलन कार्य योजना (लापा) समेत निर्माण गरि सकिएको बताउनुभयो । वडा नम्वर ८ का वडा अध्यक्ष दावा शेर्पाले वातवरण संरक्षणको लागि वडा तहमा समेत सचेत रहेको र आम नागरीहरुलाई जनचेतना अभिवृद्धी गराउनका लागि विशेष योजना सहित काम गर्नुपर्ने बताउनुभयो ।

जर्मन सहयोग र टिडिएच जर्मनीको सहयोगमा सिविस नामक संस्थाले दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्वर ८ खारेमा वातावरणको क्षत्रमा काम गर्दै आई रहेको छ । गत वर्ष देखि संस्थाले वडा नम्वर ८ खारेमा वातवरण सम्वन्धी जनचेतना अधिवृद्धी गराउने उदेश्यले स्थानीय युवाहरु वातवरण संरक्षण, पैरवी एवमं उद्यमशिलता प्रर्वद्धन गर्न स्थानीय देखी विश्वव्यापी परियोजना संचालन गर्दै आई रहेको छ ।

गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वस कार्कीको अध्यक्षतामा भएको अन्र्तरक्रिया कार्यक्रममा गौरिशंकर गाउँपालिका वडा नम्वर ८ तथा आसपासका वडाहरुको युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पालिका अध्यक्ष विश्वस कार्की, वडा नम्वर ८ का वडा अध्यक्ष दावा शेर्पा, वडा नम्वर ३ का वडा अध्यक्ष युग वहादुर वस्नेत, पालिकाका शिक्षा शाखा प्रमुख भिमसेन विष्ट, लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।