वाढि पहिरोका कारण रोल्वालिङ क्षत्रमा अलपत्र परेकाहरुको हेलिकप्टर मार्फत उद्धार

पहिरोको कारण रोल्वालिङ क्षेत्रमा अलपत्र परेकालाई आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पाँच दिनअघि गएको बाढीपहिरोका कारण गौरीशंकर गाउँपालिका वडा नम्वर ९ रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताउनु भयो ।

बाढी पहिरोले बाटो अवरोध गरेपछि रोल्वालिङ क्षेत्रमा आवात जावत गर्न समस्या भएको थियो । बाढीले पदमार्गको साथै झोलुङ्गे पुलहरु वगाए पछि रोल्वालिङ क्षत्रमा उनिहरु अलपत्र परेका थिए । बाढि पहिरोले बाटो बगाए पछि च्छोरोल्पा ताल घुम्न गएका पर्यटक सहित स्थानीय समेत अलपत्र परेका थिए ।

स्थानीयका लागि खाद्यन्न तथा राहत रामाग्री समेत पुर्याएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । रोल्वालिङबासीलाई खाद्यन्न अभाव हुन नदिनको लागि दैवीप्रकोप उद्धार समिति गाउँपालिकाको पहलमा खाद्यान्न राहत उपलब्ध गरिएको छ । जसमा चामल ३२ बोरा, दाल १ बोरा, चिनी १ बोरा, नुन २० केजी, आटा २० केजी, मस्यौरा १ बोरा, घिउ ५ दार्नी, कोदो पिठो १० केजी र मकैको पिठो १० केजी रहेको छ ।