जिरी नगरपालिकाको सवै वडाहरुमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

नबिन सुनुवार

जिरी दोलखा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगर कमिटीले पालिका भित्रका सवै वडाहरुमा दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न गरको छ ।

नेकपा एमाले दोलखाका प्रभावशाली युवा नेता बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजुको प्रमुख आतिथ्यतामा जिरी नगरपालिकाको वडा नम्वर १ देखि वडा नम्वर ९ सम्मकै दोस्रो वडा अधिबेशन भब्य र सब्य ढंगले सम्पन्न भएको हो ।

सम्पन्न दोस्रो वडा अधिबेशनले वडा नम्बर १ मा केदार बहादुर कार्कीको अध्यक्षतामा २२ सदस्यीय, वडा नम्बर २ मा भलाराज कार्कीको अध्यक्षतामा १९ सदस्यीय, वडा नम्बर ३ मा रामभक्त दाहालको अध्यक्षतामा ३१ सदस्यीय, वडा नम्बर ४ मा शिव बहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय, वडा नम्बर ५ मा ङिमासाङ्गे शेर्पाको अध्यक्षतामा २१ सदस्यीय, वडा नम्बर ६ मा गोपाल बहादुर कार्कीको अध्यक्षतामा २३ सदस्यीय, वडा नम्बर ७ मा डुके शेर्पाको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर ८ मा गम्बु बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा नम्बर ९ मा रत्न बहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको नेकपा एमाले जिरी नगर कमिटी अध्यक्ष टपेन्द्र खड्काले जानकारी दिनुभयो ।

जिरी नगरपालिकाको वडा नम्वर ९ बाट जेष्ठ १५ गते सुरु गरेको वडा अधिवेहन विभिन्न वडाहरुमा गर्दै आज वडा नम्वर १ मा अधिवेशन गर्दै सम्पन्न भएको हो । सवै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको प्रदेश कमिटी सदस्य तथा जिरी नगरपालिका इन्चार्ज लक्ष्मण गुभाजुले जानकारी दिनुभयो ।

प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज गुभाजुले वडा अधिबेशनलाई सम्बोधन गर्दै नेकपा एमाले जनताको प्यारो र गौरवशाली पार्टीको रुपमा स्थापित भएका कारण हरेक सुखदुःखमा जनताको साथमा रहने बताउनुभयो । जिरी नगरपालिका भित्रका ९ वटै वडामा नेकपा एमालेलाई सकृय रुपमा चलाएमान बनाउन आफुहरु रातदिन नभनी सक्रिय रुपमा अधिबेशन सम्पन्न गरिएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेलले बताए ।

दोस्रो वडा अधिबेशन कार्यक्रम अबधिभर नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजु, जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेल, जिल्ला कमिटीका सदस्य एबम जिरी नगर कमिटीका इन्चार्ज केशब कुमार कार्की, जिल्ला कमिटीका सदस्य सुर्य बस्नेत, जिल्ला कमिटीका सदस्य सुन्तली सुनुवार, जिल्ला कमिटीका सदस्य अप्सरा जिरेल, जिरी नगर कमिटीका अध्यक्ष टपेन्द्र खड्का, जिरी नगर कमिटीका सहसचिव रस्मिला राई जिरेल र नेकपा एमाले जिरी नगर कमिटीका सचिब लुकछिरी शेर्पाको सक्रियता सहभागिता रहेको थियो ।