दोलखाका चरिकोटबाट सेवा प्रवाह गर्दै आईरहेको लक्ष्मी लघुबित्त वित्तिय संस्था लिमिटेडले भिमेश्वर नगरपालिका वडा नम्वर १ क्षमावती माविमा अध्ययन गरी एसईई उतिर्ण एक छात्रालाइ छात्रवृत्ती प्रदान गरेको छ ।
लक्ष्मी लघुवित्तले क्षमावती माविबाट एसइई उत्रिण भएका एक छात्रालाई अध्ययनको लागि छात्रवृत्ती प्रदान गरेको हो ।
भिमेश्वर नगरपालिका वडा नम्वर १ डोलागाँउमा रहेको डोलागाँउ लक्ष्मी महिला केन्द्रमा आवद्ध सदस्य कबिता थामी को छोरी अनिता थामीलाई अध्ययनमा सहज हुनेगरी छात्रवृत्ती रकम प्रदान गरेको हो ।
क्षमावती माध्यमिक विध्यालयबाट यसै बर्ष एसइईमा उतिर्ण भएका अनिता थामिलाई वडा नं. १ का वडा अध्यक्ष माधव थामीले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो ।
आगलागी, चट्याङ, बाढीपहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तीमा पनि सहयोग गर्दै आएको संस्थाले सदस्यहरुलाई दीर्घरोगको उपचार तथा परिवारका अभिभावकको निधनमा काजक्रिया खर्चमा समेत सहयोग गर्दै आएको छ ।
लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा रहेको लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडले आम्दानीको केहि हिसा सामाजिक क्षेत्रमा पनि खर्च गर्दै आएको शाखाका शाखा प्रबन्धक मनिष ढकालले बताउनुभयो ।
कार्यक्रममा स्थानीय र केन्द्रमा आवद्ध महिला दिदिबहिनीको सहभागिता रहेको थिया ।