दोलखा चेम्वर अफ कमर्सको आज सम्पन्न जिल्ला अधिवेशनबाट रुद्रजंग बुढाथोकी अध्यक्षमा चयन हुनुभएको छ ।
दोलखा चेम्बर अफ कमर्सको चरिकोटमा आज भएको तेस्रो जिल्ला अधिवेशनबाट व्यवसायी बुढाथोकी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनले बुढाथोकीको नेतृत्वमा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम उपाध्यक्षमा राजकुमार खड्का, द्धितीय उपाध्यक्षमा लिला बहादुर केसी सुवेदी, महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिवमा कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पवित्रा केसी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिषा श्रेष्ठ चयन हुनुभएको छ
अधिवेशनको अवसरमा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान समेत गरिएको छ ।