राज्यले विभेद गरेको थामीहरुको गुनासो, प्रधानमन्त्रीलाई ध्यानर्षण पत्र

दर्पण संवाददाता
चरिकोट, ८, पौष

थामी समुदायको मर्म र भावना विपरित राज्यले वहिष्कार र विभेद गरेको भन्दै दोलखाका थामीहरुले प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र वुझाएका छन् ।

दोलखा जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बासेवास गर्दै आएका सिमान्तकृत समुदायका थामीहरुले अहिले सम्मको ऐतिहाँसिक त्याग र वलिदानबाट राजनितिक परिर्वतन सम्भव भएपनि पछिल्लो विकसित घटनाक्रम प्रति थामीहरुको माग प्रति राज्यले वहिष्कार विभेद गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका हुन् । ध्यानकर्षण पत्रमा वहुभाषिक नीतिलाई अंगिकार गरि सघन वसोवास रहेको स्थानिय तहमा थामी भाषालाई पनी सरकारी काम काजीको भाषा बनाइनु पर्ने, थामीहरुले मान्दै आएका पहिचान र सभ्यता संग जोडिएका उद्यौली, उभौली चार्डमा दिँदै आएको सार्वजनीक विदा कटौती गरेको भन्दै चाडपर्वको विदा खारेजी तुरुन्त फिर्ता गर्नु पर्ने माग गदै आएका छन् ।

आज पत्रकार सम्मेलन गरी नेपाल थामी समाजका अध्यक्ष नितेश कुमार थामीले देशको सर्वभौमिकता भौगोलिक अखण्डता र राज्य एकताको लागि जिम्वेवार भुमिप्रेमी थामी समुदाय माथी राज्यबाट विभिन्न बहानामा विभेद्, शोषण र उत्पीडित भएको वताउनु भयो । उहाँले तत्काल राज्यले बार्षिक एक हजार थामी युवाहरुलाई स्वरोजगार वनाउन थामी संवृद्ध कोष स्थापना गर्नु पर्ने, थामी संग्रालयहरु निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गर्नु पर्ने, थामी समुदायका विधार्थीलाई उच्च शिक्षाको लागि विषेश छात्रबृतीको व्यवस्था गर्नु पर्ने लगाएतका माग राख्नु भएको छ ।
थामीहरुको उद्गम थलो रहेको दोलखाको उत्तरी क्षेत्र कालिन्चोक, विगु गाँउपालिकामा थामीहरु मुख्य वसोवास गर्दै आएका छन् ।

उद्यौली भव्य रुपमा सम्पन्न
किरातहरुले मान्दै आएका उद्योली पर्व दोलखाका थामीहरुले पनि भव्य रुपमा मनाएका छन् । पहिचान सहित चरिकोटमा उपस्थित भएका थामीहरुले आफुले मान्दै आएको देवतालाई पुजा गरी भव्य रुपमा उद्यौली पर्व मनाएका छन् । सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाएका छन् । सुनुवार जातिले फोलष्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाएका छन् । नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा समेत गरेका छन् ।
उधौंली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

थामी समाज दोलखामा नयाँ कार्यसमिती
थामी समजा दोलखाको पाँचौ जिल्ला अधिवेशनबाट समितीमा नयाँ कार्यसमिती चयन भएको छ । पाँर्चाै अधिवेशनबाट अध्यक्ष मा नितेश कुमार थामी चयन भएका छन् । त्यस्तै होम बहादुर थामी उपाध्यक्ष, वविता थामी महिला उपाध्यक्ष, बसन्त थामी उपाध्यक्ष, देवीका थामी सचिव, विकास थामी सहसचिव, हिरामान थामी कोषध्यक्ष, विकास थामी, सोम थामी, मन्जु थामी, विर थामी, मदन थामी कृष्ण कुमारी थामी, राजन थामी र डोल्वा थामी सदस्यमा चयन भएका छन् ।