युवा संघ नेपाल दोलखाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल दोलखाले एक युवा पाँच विरुवा अभियान अन्र्तगत भिमेश्वर नगरपालिका वडा नम्वर ५ पिपलवोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दोलखाको आयोजनामा भीमेश्वर नगरपालिका वडा नम्ववर ५ पीपलबोटमा वृक्षारोपण गरिएको हो ।

संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले एक युवा पाँच विरुवा एक महिने वृक्षारोपण २०८१ अभियान सञ्चालन गरि रहेको छ ।

युवा संघ नेपालको केन्द्रीय अभियान अन्र्तगत जिल्ला शाखाले आज भीमेश्वर नगरपालिका वडा नम्वर ५ पीपलबोटमा वृक्षारोपण गरिएको युवा संघ नेपाल दोलखाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । यस अभियान अन्तरगत एक सय वटा धुपी, कपुर, लिचीको साथै विभिन्न जातका फूलका विरुवाहरु रोपिएका छ । युवा संघको अभियानमा नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख हरि ओली, भीनपा वडा नम्वर ५ का वडाअध्यक्ष वासु श्रेष्ठ, पार्टीका जिल्ला कमिटी सदस्यहरु, वडा कमिटी, युवाहरु लगायतका उपस्थिति रहेका थिए ।