माननिय भरत बहादुर केसीको आयोजनामा प्रदेश योजना समिक्षा तथा योजना तर्जुमा परामर्श सम्पन्न

दोलखा प्रदेश सभा सदस्य माननिय भरत बहादुर केसीले दोलखा जिल्लामा संचालित कार्यलयहरुले वागमती प्रदेश अन्र्तगत संचालन गरेको योजनाहरुको वारेमा समिक्षा तथा आगामी योजना तर्जुमा परामर्श कार्यशाला सम्पन्न गर्नुभएको छ ।

माननिय भरत बहादुर केसीको सचिवालयले चरिकोटमा आयोजना गरेको कार्यक्रममा दोलखा जिल्लामा कार्यक्षत्र रहेका वागमती प्रदेश अन्र्तगतका कार्यलयहरुले हाल सम्म संचालन गरेको प्रगति विवरण तथा आगामी योजनाको वारेमा योजनाहरु प्रस्तुत गरेका थिए । कार्यलयहरुले हाल सम्म सम्पादन गरेका कार्य विवरण पेश गरेका थिए । प्रदेश सभा सदस्य भरत बहादुर केसीले प्रदेशले संचालन गरेका कार्यहरु समयमानै सम्पन्न गराउन सहयोग पुग्ने र प्रभावकारीताको वारेमा छलफल हुनुका साथै आमागी योजना निर्माणमा सहयोग पुग्ने अपेक्षाले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यलयबाट विभिन्न योजना माग भई मन्त्रालय जाने र कतिपय कामहरु आवश्यकता भन्दा वाहिरका योजनाहरुले प्राथमिकता पाउने तथा स्थानिय तह र कार्यालयहरुको समन्वयमा योजना संचालनको लागि समस्या देखिएको हुँदा समन्वय र सहकार्यको आवश्यकता हरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालय प्रमुख तथा स्थानिय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमबाट साझा बुझाईका ७ वुँदाहरु निस्कर्ष निकालेको छ । प्रदेशका कार्यालयहरुले योजना छनोट गर्दा स्थानिय तहको सभाबाट पारित गरेका योजनाहरुलाई प्राथमिकता दिने, उत्पादन बढाउने र रोजगारी श्रृजना गर्ने प्रकृतीका योजनाहरु छनोट गर्ने, भौतिक निर्माण गर्दा गुणस्तर युक्त निर्माण मा ध्यान दिने, जनताको सहभागितामा आवश्यकता र मागमा आधारीत योजनाहरु बनाउने, कार्यक्रमको दोहोरोपन हटाउन तिनै तहसंग समन्वय गरेर मात्र योजना तर्जुमा गरी कार्यन्वयन गर्ने जस्ता निस्कर्ष निकालिएको छ ।

कार्यक्रममा वोल्नुहुँदै मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरले स्थानिय तह र प्रदेश कार्यलयहरुको विचमा समन्वय हुन नसक्दा जनताको आवश्यकताको आधारमा विकास निर्माण हुन नसकेको बताउनु भयो । प्रदेशको फरक निती र स्थानीय तहको फरक हुँदा कतिपय बजेट विनियोजन भएर आएका योजनाहरु समेत कार्यन्वयन हुन सकेको हुँदा स्थानीय तह संगको समन्वयमा कार्यक्रम संचालन गर्न निर्देशन दिनुभयो । समग्र दोलखाको विकासका लागि सवै कार्यलयहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुहुँदा एमाले नेता डवल पाण्डेले समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भयो । संघ प्रदेश र पालिका तिन तहनै सरकार भएको हुँदा तिनै तहको फरक फरक कार्यविधीका कारण केही समस्या देखिएपनि समन्वयमा काम गर्न कार्यालयहरुलाई आग्रह गर्नुभयो । कतिपय कार्यालयले जनशक्तिको अभावमा कार्यक्रम संचालन गर्न सक्ने अवस्था नरहेकोले कार्यलयमा कार्यारत कर्मचारीको आधारमा कार्यक्रम माग गर्ने र प्रभावकारी तरिकाले संचालनको लागि समेत आग्रह गर्नुभयो ।