प्राविधिकहरुले गरे जिल्ला आयोजना कार्यान्वयन इकाई चरिकोटमा तालाबन्दी

दर्पण संवाददाता
चरिकोट, २९ चैत्र

राष्ट्रिय पुनःनिर्माण प्राधिकारण दोलखा अन्र्तगत जिल्लामा रहेका प्राविधिकहरुले विभिन्न चार बुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन इकाई चरिकोटमा तालाबन्दी गरेको छ ।

पुनःनिर्माण प्राविधिक हक हित जिल्ला स्तरीय संघर्ष समिती दोलखाले पुन निर्माण सम्बन्धी चार ओटा माग राख्दै कार्यालयमा आज तालबन्द् िगरेको समितिका संयोजक पुन्य प्रसाद रिमालले बताउनु भयो । समितीले कार्यालय संग आवास पुन निर्माण लाभग्राहिको किस्ता समयमै उपलब्ध गराउनु पर्ने, विगतका वर्षम खाई पाई आएकोे प्रोत्सान भक्ता भौगोलिक भक्ता, संचार र यातयात खर्च मासिक रुपमा उपलब्ध गराउनु पर्ने, पुन निर्माणमा खटिएका प्राविधिकहरुको स्वास्थ्य तथा सुरक्षा विमा गरिनु पर्ने, पुन निर्माणमा खटिएका प्राविधिकह्ररुको भविष्य सुनिश्चित गरिनु पर्ने जस्ता माग राखेका छन् ।

विगत ३ बर्ष देखि पुनःनिर्माणमा निरन्तर प्राविधिक सेवा दिदै आएकोमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खाइ पाई आएको सेवा सुविधा कटौती भएको भन्दै प्राविधिकहरु आन्दोन गर्दै आएका छन् । ताला बन्दी गरे संगै प्राविधिकहरुले आज देखी पुन निर्माण संग सम्बन्धीत सम्पुर्ण काम बन्द गरेको संयोजक रिमलले बताउनु भयो । दोलखामा भुकम्प पछिको पुनःनिर्माणको लागि २०१ जना प्राविधिकहरु काम गर्दै आएका छन् । प्राविधकहरुले तालाबन्दी संगै पुन निर्माणको काम बन्द गरे पछि दोलखाको पुनःनिर्माणमा समस्या भएको छ ।