पाठेघरको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान दोलखामा सुरु, पहिलो दिन ३ हजार ६ सय ५१ छात्रालाई लगाईयो

महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान आजबाट सुर भएको छ ।

आजबाट सुरु भएको खोप अभियानको शैलुङ गाउँपालिका वडा नम्वर ४ को दुर्गा माविमा आयोजित एक कार्यक्रमका विच जिल्ला खोप समन्वय समितीका संयोजक वर्जुराम घतानीले उदघाटन गर्नुभएको हो । दोलखाका विभिन्न स्थानिय तह हरुमा यो अभियान अन्र्तगत ६ हजार पाँच सय २० जना छात्राहरुलाई खोप लगाइने जनस्वास्थ्य कार्यालय दोलखाका पवन भाटले जानकारी दिनुभयो ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाउन लागिएको हो ।

जिल्लाका १ सय ५९ वटा विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट यो खोप अभियान लगाइने छ । विधालय मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका सवै छात्राहरुलाई यो खोप लगाईने जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उतम खनालले बताउनु भयो । आज पहिलो दिन ३ हजार ६ सय ५१ जनालाई खोप लगाईएको छ ।

खोप अभियानमा खोप लगाउन छुटेका छात्रालाई खोप अभियानको अन्तिम दिन ७० वटा स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।
भीमेश्वर नगरपालिका बाट १ हजार ४ सय ८१, जिरी नगरपालिकामा ५ सय ११, कालिञ्चोक गाउँपालिकामा ८ सय ७३, गौरीशंकर गाउँपालिकामा ५ सय २६, तामाकोसी ५ सय ६५, बैतेश्वर ५ सय ८३, मेलुङ्ग ५ सय ९७, विगु ७ सय १४ र शैलुङ्ग गाउँपालिकामा ५ सय ८६ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रालाई खोप लगाइने छ । खोपको लागि २ सय २९ जना स्वास्थ्य कर्मी र ४ सय ५८ जना स्वयमसेवक परिचालन गरिएको छ ।

शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालवावु श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख वर्जुराम घतानी, प्रमुख जिल्ला अभिकारी शिवराम गेलालले स्वास्थ्य कर्मीहलाई खोप स्वास्थ्य सामग्री हस्ताण्तरण गरी उदघाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल, पालिका उप प्रमुख पार्वती थापा, डब्ल्यूएचओका डाक्टर रुपेश तिमल्सीना लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।