दोलखाको चरिकोटमा रहेको प्रदेश स्तरीय अस्पताल पशुपती चौलागाई स्मृती अस्पतालका नव नियुक्त अध्यक्षले पदभार ग्रहण गर्नु भएको छ । अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालले अस्पतालमा आयोजित एक कार्यक्रममा विच अस्पतालका अध्यक्षको पदभार ग्रहण गर्नु भएको हो । दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाई स्मृती अस्पताल वागमती प्रदेश स्तरको जिल्लाको एक मात्र प्रादेशी अस्पताल हो । उक्त अस्पतालको अध्यक्षको रुपमा वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत मंसिर २७ गते भिमेश्वर नगरपालिका वडा नम्वर ३ निवासी सुवास रिमाललाई अध्यक्ष पदमा नियूक्त गरेको थियो । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट रिमाललाई दुई वर्षे कार्यकालको लागि अस्पतालको व्यवस्थापन समितीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नव नियुक्त अध्यक्ष रिमाललाई अस्पतालका मेसु लक्ष्मण खड्का, वागमती प्रदेशका सदस्य माननिय भरत बहादुर केसी, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला वस्नेत, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएतले स्वागत गर्दै पदभार ग्रहण गराउनु भएको थियो । पदभार ग्रहण गर्नु हुँदै अध्यक्ष रिमालले आम नागरिक संग जोडिएको स्वास्थ्य जस्तो विषयमा अस्पतालमा देखिएको समस्याहरु सुधार गरी गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । दोलखा जिल्लाकै एक मात्र प्रादेशीक अस्पताल भएको हुँदा जिल्ला भरको विरामी आउने हुँदा जिल्लाका सवै राजनैतिक दल , स्थानीय सरकार र सरोकारवालाहरुलाई सहकार्य गर्नको लागि आग्रह गर्नु भयो ।