पर्यटकीय नगरी जिरीमा दोस्रो जिरी महोत्सवको आयोजना : १० दिने महोत्सवको तयारी तिव्र


दोलखाको पर्यटकीय नगरी नेपालको स्विजरल्याण्डको नामले परिचत जिरी बजारमा १० दिने जिरी महोत्सवको आयोजना गरिएको छ । जिरी उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो जिरी महोत्सव २०८० यहि चैत्र २३ गते देखि वैशान २ गते सम्म संचालन हुने उद्योग वाणिज्य संघ जिरीका महासचिव अनिल कार्कीले बताउनु भयो । १० दिन सम्म संचालन हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य आयोजक जिरी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना र तयारीको वारेमा आज चरिकोटम पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपालको स्वीजरल्यण्ड, सगरमाथाको प्रवेशद्धार – समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन, संस्कृति र उद्योग छन आधार भन्ने मुल नाराको साथ जिरी उद्योग वाणिज्य संघले १० दिने दोस्रो जिरी महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । नेपालकै पर्यटकीय नगरी जिरीको पर्यटन प्रर्वद्धन तथा खच्किएको अर्थतन्त्र चलायमान बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष वावुराज श्रेष्ठले बताउनु भयो ।

१० दिने महोत्सवमा जिरीको स्थानिय उत्पादन हरुलाई प्रर्वद्धन गरिनुका साथै कृषि उपजहरुको प्रदर्शन र विक्री, हस्तकला, चित्रकला, वस्तुकलाको प्रदर्शन र विक्री, रमाइलो खेल तथा मनोरञ्जन प्रस्तुत गरिने छ । त्यस्तै १० दिन सम्म नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संगितिक प्रस्तुती रहने छ । विभिन्न जातजातीहरुको मुख्य वसोवास रहेको जिरीमा विभिन्न खाले साँस्कृतिक झाकी प्रदर्शन, मौलिक खानाका परिकारहरु (जिरेल, शेर्पा, नेवार, तामाङ र सुनुवार) खानाको परिकारहरु समेत महोत्सवमा स्वाद दिन सकिने व्यवस्था गरिएको छ । जिरीको विभिन्न स्थानमा रहेको पर्यटकीय क्षत्रहरुमा विशेष प्याकेज सहितको व्यवस्था मिलाईने र सो यात्राबाट गुराँस, चिमाल, सुनखरी, चौरी, बन्यजन्तु, हिमश्रृखला, चिया र लोत्ता, किवि खेती, रन्वो ट्राउट र कालिज पालनको प्रत्यक्ष अवलोकण गर्न सकिने छ । महोत्सवमा दैनिक रुपमा विकास, साहित्य, कला, पर्यटन, संचार सम्वन्धी अन्र्तरसम्वाद कार्यक्रमको आयोजना गरिने छ भने वह्यस्क भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

जिरी स्थित हेलिप्याड मैदानमा आयोजना गरिएको सो महोत्सवमा करिव एक सय स्टलहरु रहने छ । आम नागरिकहरुलाई मध्यनजर गरी महोत्सवको टिकट निधारण गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधि भर दोलखा रामेछापका विभिन्न स्थानिय तह तथा अन्य जिल्लाका नागरिकहरु गरी करीव ५० हजार नागरिकले महोत्सवको आवलोकण गर्ने र करोर्डाैको कारोवार हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । १२ वर्ष पछि दोस्रो पटक आयोजना गरिएको जिरी महोत्सव भव्य रुपमा सफल पार्न सहयोग गरी दिनुहुन आयोजकले आग्रह गरेको छ ।