पत्रकार महासंघ दोलखो ६४ औ स्थापना दिवस विविभ कार्यक्रम सहित भब्य रुपमा मनायो

दर्पण संवाददाता
चैत्र, १६ चरिकोट
नेपाल पत्रकार महासंघ दोलखाले ६४ औ स्थापना दिवस आज चरिकोटमा विभिन्न कार्यक्रम सहित भब्य रुपमा मनाएको छ ।
प्रदेश नं ३ का प्रदेश सभा सदस्य माननिय पशुपती चौलागाईले ६४ औ स्थापना दिवसको केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चैलागाईले सकरात्मक संचारको विकास हुनपर्नेमा जोड दिनु भयो । संचारको क्षेत्रमा नेपालले छोटो समयमा धेरै परिर्वतन भएको स्मरण गर्नुहुँदै विश्वासनिय सत्य तथ्य पत्रकारीको विकास हुनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा सहज तरिकाले छिटो सुचना प्रदान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दोलखालाई सम्मान गरेको छ ।
स्थापना दिवसकै अवसरमा नेपाल पत्रकार महासंघ दोलखाले पारस्पारीक जवाफदेहिता परियोजना संगको सहकार्यमा सुचनाको हक आम संचार र स्थायिन सरकारको विषयमा अन्र्तकृया कार्यक्रम समेत सम्पनन गरेको छ । अन्र्तकृया कार्यक्रममा पत्रकार रमेश खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डे, तामाकोशी गाँउपालिकाका अध्यक्ष इश्वर चन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, पत्रकार महासंघका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर, प्रहरी प्रमुख बासुदेव पाठक, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर खड्का लगाएतले सुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।