सुजता आचार्य
नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यताको विषयमा विवाद भए पछि नेपाल पत्रकार महासंघ दोलखा शाखामा प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले तालावन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरणको विषयमा विगत लामो समय देखि विवाद हुँदै आएको छ । पत्रकार महासंघले यहि मंसिर २८ गते आयोजना गरेको महाधिवेशको लागि सदस्यहको नामावली भन्दै मंसिर १८ गते जारी गरेको नामावली त्रृटिपुर्ण रहेको र महासंघको सदस्यता व्यवाहरीक नभएको भन्दै तालावन्दी गरिएको प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेलले बताउनु भयो । पत्रकार महासंघले शुद्धिकरणको नाममा गैर पत्रकारहरुलाई सदस्यता दिएको र जिल्लामा कृयाशिल पत्रकारहरुलाई सदस्यबाट हटाएको भन्दै जिल्लाका दुई संगठनले तालावन्दी गरेको हो । पत्रकार महासंघ जिल्ला शाखामा आज विभिन्न माग सहित जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितीमा तालावन्दी गरिएको हो । महासंघको नेतृत्वमा नेतृत्वहरुले शक्तिको दुरुपयोग गर्दै आफना निकट सदस्य मात्र नविकरण गरेको र अन्यको सदस्यता हटाईएको पाइएको, समान प्रकृतिका केहि सदस्य रहेको र केहि हटेको हुँदा शुद्धिकरणका मापदण्ड पुर्ण रुपमा कार्यन्वयन गर्नका लागि आग्रह गरेको छ । महासंघ निर्माण गर्ने संस्थापकहरु तथा कृयाशित पत्रकारहरुलाई अपमानित तरिकाले निस्कासन गर्ने जस्ता गतिविधी महासघको हितमा नभएको हुँदा त्यस्ता कमिकम्जोरीलाई सुधार गरेर जानुपर्ने चौतारीका अध्यक्ष प्रभु जिरेलले बताउनुभयो । दोलखा शाखाले वैधानिक तरिकाबाट नविकरण गरी अभिलेखको लागि प्रदेश र केन्द्रमा पठाएको नामावली हेरफेर नगरी हुवहु कार्यन्वयन हुनुपर्ने चौतारीले माग गरेको छ । १०७ जना सदस्य रहेको दोलखा शाखामा महासंघले गत मंसिर १८ गते ४६ जना र नयाँ सदस्य १० जना भन्दै ५६ जनाको नामावली सार्वजनिक गरेको थियो ।