पत्रकार महासंघ दोलखाद्वारा नागरिकको नजरमा दोलखाको मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुजता आचार्य

नेपाल पत्राकार महासङघ दोलखाको आयोजनामा नागरिकको नजरमा दोलखाको मिडिया विषयक अन्र्तक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । पत्रकार महासंघ दोलखाले जिल्लाका आम नागरिकहरुको नजरमा दोलखाको मिडिया भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम साथै हालै सम्पन्न निर्वाचनबाट पत्रकार महासंघको माथिल्लो समितीमा निर्वाचितहरुलाई वधाई ज्ञापन गरेको हो ।

नेपाल पत्राकार महासघ दोलखा जिल्ला शाखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि दोलखा क्षेत्र नम्बर ख प्रदेश सभा सदस्य माननीय भरतबहादुर केशीले कार्यक्रमको उदघाटन गर्नुभएको थियो । पछिल्लो समय प्रविधीको विकास संगै पत्रकारिता क्षत्रमा देखिएको समस्या र आम नागरिकहरुको उठान गर्नु पर्ने पत्रकारिता क्षत्रबाट उठान गर्न नसक्दा नागरिक र पत्रकारको दुरी वढदै गएकोले साझा सरोकारका विषयहरुमा छलफल गर्न अन्तरक्रिया कार्यक्रममको आयोजना गरिएको जिल्ला अध्यक्ष प्रभु जिरेलले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि भरत बहादुर केशीले दोलखा जिल्लाको पत्रकारिता क्षेत्रमा युवाहरुको नेतृत्वमा चयन भएको पत्रकार महासंघको नयाँ समितिलाई शुभकामना दिनुहुदै युवाहरुले सवै संग समन्वय गरी अघि बढनुपर्ने र पत्रकारिता क्षत्रमा लागेका पत्रकार र संचार माध्यमहरुको दिगोपनाको लागि गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पत्रकारिता क्षेत्रको गरिमालाई उच्च बनाउदै नयाँ खोज र अनुसन्धानको विषय बनाउनु पर्ने बताउनुभएको थियो । कार्यक्रममा दोलखा जिल्लाबाट पत्रकारिता गर्दै पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित रमेश खतिवडा, केन्द्रिय सदस्य लक्ष्मण थामी, वागमती प्रदेश समितीका सदस्य श्याम प्रसाद खतिवडा, प्रदेश सदस्य राजन थामीलाई जिल्ला शाखाको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रममा नेपाली काङग्रेस दोलखाका उप–सभापति अर्जुन प्रसाद शिवाकोटी, नेपाल पत्रकार महासघं केन्द्रिय सचिव रमेश खतिवडा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, पत्रकार महासंघ दोलखाका निर्वतमान अध्यक्ष दिपशंकर चौलागाई, केन्द्रीय समिति सदस्य लक्ष्मन थामी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सचिव श्याम खतिवडा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमा विभिन्न संचार माध्यममा आवद्ध संचार कर्मी, राजनैतिक दलका प्रमुख प्रतिनिधी, जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।