पत्रकार महासंघको भवन निर्माणको लागि व्यवसायी नवराज कार्कीद्धारा सहयोग

दर्पण संवाददाता
चरिकोट, २० भाद्र, नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि युवा व्यवसायी नवराज कार्कीले सहयोग गर्नु भएको छ ।

विगत ७ बर्ष देखि चरिकोटमा होटल शुभकामना तथा अन्य व्यवसाय संचालन गर्दै आएका युवा व्यवसायी कार्कीले ११ हजार १ सय ११ रुपैया आज पत्रकार महासंघका अध्यक्ष जिवन लामालाई हस्ताणतरण गर्नुृ भएको हो । नेपाल पत्रकार महासंघ दोलखा शाखाले दोलखाको सुबिधा सम्पन्न सुचना मैत्री भवन निर्माण गर्न लागेको र आफ्ुले पनि सहयोग होस भन्ने उदेश्यले सो रकम हस्ताणतरण गरेको कार्कीले बताउनु भयो ।

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा न ३ मा २ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण भई रहेको सुचना केन्द्र सहितको भवन विशेष प्रबिधियूक्त, स्थानिय मौलिक आकारको, सुचनाको खानी, भूगोल प्राकृतीक स्रोत, जनजीवन भेषभूषा संस्कृतीबारे जानकारी पाउने थलो हुने महासंघका अध्यक्ष जिवन लामाले बताउनु भयो । पत्रकारको लागि मात्र नभई अन्य नागरिको लागि समेत सुबिधा हुने गरी पुस्तकालयको व्यवस्था, सवै जातजातिको पहिचान झल्कने बाजाहरु राखिनुका साथै इन्टरनेटको व्यवस्था गरि भवन वरपर सुचना र प्रबिधिले सुसज्जित केन्द्र बन्ने अध्यक्ष लामाको भनाई छ ।

पत्रकार महासंघको बन्न लागेको भवनको नक्सा डिजाइन