दोलखाको शैलुङ गाउँपालिका निवासी नोर्वु मोक्तान तेक्वान्दोको अन्र्तराष्ट्रिय रेफ्रिमा उत्रिण हुनुभएको छ ।
जिल्लाको शैलुङ गाउँपालिका निवासी मोक्तान विश्व तेक्वान्दोले चार विधामा लिएको अन्र्तराष्ट्रिय रेफ्रिको परिक्षामा ८० प्रतिशत नतिजा प्राप्त गर्दै उत्रिण हुनुभएको हो । उक्त परिक्षामा उत्रिण हुनुभए संगै मोक्तान अन्र्तराष्ट्रिय तेक्वान्दो रेफ्रि वन्नु भएको हो । मोक्तान दोलखा जिल्लाकै पहिलो तेक्वान्दो अन्र्तराष्ट्रिय रेफ्रि वन्नु भएको हो ।
मोक्तानले २०५९ साल देखिनै तेक्वान्दै खेल्न सुरु गर्नुभएको थियो । लामो समय देखि तेक्वान्दो खेल्दै आउनुभएका मोक्तान राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको खेलमा समेत सहभागी हुँदै आउनु भएको थियो । मोक्तानले The world taekwondo hanmadand championship मा प्रथम स्थान हाँसिल गर्नु भएको थियो । साथै दर्जनौ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धा समेत जिती सक्नु भएको मोक्तान अन्र्तराष्ट्रिय रेफि वन्न सफिल हुनुभएको हो ।
मोक्तान दोलखा जिल्ला तेक्वान्दो संघको उपाध्यक्ष तथा नेपाल खेलकुद महासंघको अध्यक्ष समेत हुनुहुन्छ ।