नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो जिल्ला अधिवेशन भव्यताको साथ जेठ ५ गते चरिकोटमा हुने भएको छ ।
‘खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्र सम्म भौतिक पुर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मुल नाराका साथ जेठ ५ गते महासंघको अधिवेशन हुन लागेको हो ।
खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतमा कार्यक्रम हुने जिल्ला इन्चार्ज बासु श्रेष्ठले जानकारी दिनुभयो ।
खेलकुद महासंघ दोलखाका संयोजक नर्बु मोक्तानका अनुसार ९ वटै पालिकाबाट प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त अधिवेशन चरिघ्याङको ए वान पाटि प्यालेसमा भव्यताको साथ हुने छ । जिल्लाभरिका १४० जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।