नेपाल खेलकुद महासंघ दोलखाद्धारा बजार सरसफाई, वालगृहमा खाद्यान्न सहयोग

नेपाल खेलकुद महासंघ जिल्ला शाखा दोलखाद्वारा चरिकोट बजार सरसफाई गरेको छ ।

नेपाल खेलकुद महासंघ दोलखाको चरिकोटमा आयोजित दोस्रो जिल्ला अधिवेशनको अवसरमा चरिकोट सातदोवाटो बजार सरसफाई गरिएको हो । महासंघको टोलिले चरिकोट सातदोवाटो आसपाको क्षत्रमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पशुराम वस्नेत, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ लगाएत नेताहरुको सहभागिता रहेको थियो । पर्यटकीय नगरी चरिकोट बजारलाई सधै सफा राख्नको लागि र सरसफाईमा नागरिकहरुको ध्यान आकर्षित गर्नको लागि बजार सरसफाई कार्यक्रमको आयोजना गरिएको महासंघका दोलखा इन्चार्ज वासु श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा महासंघले चरिकोटमा रहेको गौरिशंकर वालगृहका वालालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । महासंघले वालगृहमा रहेका बाललालिकाहरुका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री सहयोग गरेको हो । दाल चामाल, नुन तेल, तरकारी, मासु लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको दोलखाका संयोजक नुर्वु तामाङले जानकारी दिनुभयो । खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पशुराम वस्नेतको उपस्थितिमा उक्त सामाग्री हस्ताणतरण गरिएको हो । गौरिशंकर वालगृहमा हाल १६ जना बालबालिकाहरु वस्दै आई रहेका छन् ।

नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो अधिवेशन चरिकोटको एवान पार्टी प्यालेसमा सुरु भएको छ । नुर्वु तामाङको अध्यक्षतामा भई रहेको अधिवेशनले नयाँ कार्यसमितैको समेत चयन गर्ने छ ।