नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा नर्बु तामाङ चयन

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा नर्बु तामाङ सर्वसम्मत चयन भएको छ । आज चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा तामाङ चयन हुनुभएको हो ।
महासंघको उपाध्यक्षमा पदम बहादुर तामाङ र आकाश बाबु मुगराती, सचीव अपिल मोक्तान, उप सचिवद्धयमा बलबहादुर जिरेल र देवि प्रसाद ओली रहेका छन् । तामाङ नेतृत्वमा ३१ कार्य समिति सर्व सम्मत चयन भएको महासंघले जनाएको छ ।

नव निर्वाचित अध्यक्ष तामाङले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गर्ने बताउनु भयो ।

चरिकोटमा आयोजना गरिएको अधिबेसनको खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले उद्घाटन गर्नु भएको थिए । अध्यक्ष बस्नेतले दोलखाको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन हुने गरेर महासंघलाई अगाडि बढाउन नयाँ टिमले काम गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा महासंघका महासचिव धर्म लामा, जिल्लाका इन्चार्ज बासु श्रेष्ठ, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, एमाले नेता डबल पाण्डे, साथै एमाले दोलखाका नेतागणले सम्बोधन गरेका थिए ।

कार्यक्रममा खेलुकद प्रशिक्षक शान्त तामाङ(पाख्रिन) र कराँते प्रशिक्षकहरु कुमार उप्रेती जगत जिरेल लाई सम्मान समेत गरिएको थियो ।