नेकपा दोलखाको स्थानीय तहमा पूर्व एमालेले ५ र पूर्व माओवादीले ४ तहमा नेतृत्व गर्ने (नामवली हेर्नुहोस)

दर्पण संवाददाता
चरिकोट २० मंसिर

नेपाल कम्युनिष्ट पार्टी दोलखाको ९ वटै स्थानीय तहको कमिटिको नाम टुंगो लगाएको छ ।

आज वसेको नेकपाको कार्यदलको वैठकले दोलखाको ९ स्थानिय तहमध्ये एमालेले ५ र माओवादीले ४ तहमा नेतृत्व गर्ने सहमती सहित अध्यक्ष र सचिवको नामवली टुँगो लगाएको हो । दुई नगरपालिका मध्ये एक एक र ७ गाँउपालिका मध्ये एमालेले ४ गाँउपालिका र माओवादीले ३ गाँउपालिको नेत्तृत्व गर्ने भएको छ । एमालेले नेतृत्व गर्ने गाँउपालिकामा माओवादीले सचिव र माओवादीले नेतृत्व गर्ने गाँउपालिका तथा नरपालिकामा एमालेले सचिवको जिम्वेवारी लिने भएका छन् । पुर्व एमालको भागमा भिमेश्वर नगरपालिका, शैलुङ गाँउपालिका, मेलुङ गाँउपालिका तामाकोशी गाँउपालिका र गौरिशंकर गाँउपालिका परेको छ भने पुर्व माओवादीको भागमा जिरी नगरपालिका, वैत्येश्वर गाँउपालिका, कालिन्चोक गाँउपालिका र विगु गाँउपालिका परेको छ ।

कार्यदलले भागवन्डामा परेको गाँउपालिकहरुमा नेतृत्व लिने कमिटिको नाम समेत टुंगो लगाएको छ ।
नामवलीहरु
भिमेश्वर नगरपालिका अध्यक्ष कुमार विश्वकर्मा (पुर्व एमाले) र सचिव नरेन्द्र श्रेष्ठ (पुर्व माओवादी)

शैलुङ गाँउपालिकामा अध्यक्ष थिरबाहादुर मोक्तान (पुर्व एमाले) र सचिव पर्वत लामा (पुर्व माओवादी)

मेलुङ गाँउपालिकामा अध्यक्ष अम्वीका गोले (पुर्व एमाले) र सचिव रमेश लामा (पुर्व माओवादी)

तामाकोशी गाँउपालिमा अध्यक्ष नारानध्वज खड्का (पुर्व एमाले) र सचिव सुरेस उप्रेती (पुर्व माओवादी)

गौरिशंकर गाँउपालिकामा अध्यक्ष जंग गुरुङ (पुर्व एमाले) र सचिव युग बहादुर बस्नेत (पुर्व माओवादी)

जिरी नगरपालिकामा अध्यक्ष नविन जिरेल (पुर्व माओवादी) र सचिव टपेन्द्र खड्का (पुर्व एमाले)

वैत्येश्वर गाँउपालिकामा माधवप्रसाद दाहाल (पुर्व माओवादी) र सचिवमा महेश पाख्रिन, (पुर्व एमाले)

कालिन्चोक गाउँपालिमा अध्यक्ष भक्त शिवाकोटी (पुर्व माओवादी) र सचिवमा डम्वर आचार्य (पुर्व एमाले)

बिगु गाउँपालिमा अध्यक्ष टेकमान तामाङ (पुर्व माओवादी) र सचिवमा लोकवहादुर नेपाली (पुर्व एमाले)

कार्य दलले ७५ सदस्यीय गाउँपालिका स्तरीय पार्टी कमिटी र ८१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कार्य दलले चयन गरेको गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीका अध्यक्ष, सचिव र सदस्यका नामावलीलाई भोली नैं प्रदेश कमिटीमा पेश गर्नेछ । प्रदेश कमिटीले अनुमोदन गरेपछि स्थानीय तहका पार्टी कमिटीहरुले बैद्यानिकरुपमा जिम्मेवारी पाउने छन् ।

नेकपाका केन्द्रिय सदस्य एवँ कार्यदलका सदस्य पार्वत गुरुङले सर्वसम्मतरुपमा गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीको नामावली टुँगो लागेको जानकारी दिनुभयो ।