दर्पण संवाददाता
चरिकोट, १४ पौष
नेपाल कम्यूनिष्ट पार्टी दोलखाको नौ ओटै स्थानिय तह पार्टी कमिटीका ६ सय ८७ नेता तथा कार्यकर्ताहरुले आज सपथ ग्रहण गरे संगै वैधानीकता पाएका छन् ।
सर्वसम्मत रुपमा कार्यदलले छनोट गरेको स्थानिय तहका पदाधिकारीहरुलाई आज नेकपा का प्रदेश ३ का अध्यक्ष नारायण दहालले सफथ ग्रहण गराउनु भएको हो । आज दोलखाको चरिकोटमा सफथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी ६ सय ८७ जनालाई नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण दहाल, सचिव आनन्द पोखरेल केन्द्रिय सदस्य पार्वत गुरुङ, देवी खड्का लगाएत नेताहरुरुले एकसाथ सपथ ग्रहण गराउनु भएको थियो । जिल्ला स्तरिय कार्यदले स्थानिय तहबाट आएका नामवलीहरुलाई छनोट गरी प्रदेशमा सिफारीस गरेको नाम अनुमोदन भएर आए पछि सफथ ग्रहण गराएको हो ।
पुर्व एमालेको तर्फबाट जिल्ला इन्चार्ज तथा सांसद पार्वत गुरुङ, जिल्ला अध्यक्ष इश्वर चन्द्र पोखरेल र पुर्व माओवादीको तर्फकाट जिल्ला इन्चार्ज देवि खड्का र जिल्ला संयोजक गोपाल पाण्डे गरी गठित चार सदस्यीय कार्यदलले स्थानिय तहबाट आएको नामहरु छलफल गरी सर्वसम्मत रुपमा पदाधिकारी छनोट गरी प्रदेश कमिटिमा सिफारीस गरेको थियो । कार्यदलले सिफारीस गरेको नामवली प्रदेश कमिटिले मंसिर अन्तिम साता वसेको वैठकले अनुमोदन गरेको प्रदेश सचिव आनन्द पोखरेलले बताउनु भयो । अध्यक्ष सचिव र वाँकी सदस्य रहने गरी नेकपा दोलखाले नगरपालिकामा ८१ जना र गाँउपालिकामा ७५ जनाको कमिटि गठन गरेको छ ।
भीमेश्वर नगरपालिकामा कुमार विश्वकर्मा, जिरी नगरपालिकामा नविन जिरेल, शैलुङ गाँउपालिकामा थिर बहादुर मोक्तान, मेलुङ गाँउपालिकामा अम्वीका गोले, तामाकोशी गाँउपालिमा नारानध्वज खड्का, गौरिशंकर गाँउपालिकामा जंग गुरुङ, वैत्येश्वर गाँउपालिकामा माधव प्रसाद दहाल, कालिन्चोक गाँउपालिकामा भक्त शिवाकोटी, र विगू गाँउपालिकामा टेकमान तामाङको अध्यक्षतामा कमिटि गठन गरेको छ ।
सफथ ग्रहण गरे संगै स्थानिय तहका कमिटिले वैधानीक पुर्णता पाएको भन्नुहुँदै नेकपाका केन्द्रिय सदस्य पार्वत गुरुङले सवै स्थानिय तहमा जनताको चहान अनुरुप काम गर्दै पाटी एवमं् संगठन विस्तारमा लाग्नको लागि आग्रह गर्नु भयो ।