नेकपा एमाले दोलखाले पार्टी इन्चार्जको सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीले जिम्मेवारी हेरफेर गरे संगै जिल्लामा इन्चार्जको जिम्मेवारी पाउने पार्वत गुुरुङ र प्रदेश इन्चार्ज राजन भटराईलाई स्वगत तथा पुर्व इन्चार्जको जिम्मेवारीमा रहुनभएका नेता कमल चौलागाईलाई सम्मान सहित विदाई गरेको छ । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा आज चरिकोटमा एक कार्यक्रमको आयोजना गरी नेताहरुलाई स्वागत तथा विदाई गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटीले हाल वागमती प्रदेशको इन्चार्ज राजन भटराई र दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी पार्वत गुुरुङलाई दिएको छ । यस अघि दोलखा पार्टी इन्चार्जको जिम्मेवारीमा कमल चौलागाई रहनुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै वागमती प्रदेश इन्चार्ज राजन भटराईले पार्टी निर्माणको लागि सवैजना एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । पार्टीले गत निर्वाचनमा अपेक्षा गरे अनुसारको मत प्राप्त नभएको हुँदा त्यसको वास्तविक समस्या पहिचान गरी समाधान गर्नका लागि पार्टीले फरक फरक व्यक्तिलाई फरक जिम्मेवारी सहित पठाएको हुँदा पार्टी निर्माणमा एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङले आफु पहिले पनि जिल्लाको इन्चार्ज भई सकेको स्मरण गर्नुहुँदै हाल पार्टीले दोलखाको पार्टी निर्माणको लागि इन्चार्जको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्लामा विभिन्न कारणले पार्टी कम्जोर वन्दै गएको भन्दै पार्टी निर्माणको लागि आफुलाई जिम्मेवारी दिएको र जिल्लामा पार्टी एक ठिक्का बनाएर लैजाने बताउनुभयो । आगामी दिनमा जिल्लामा कोहि नेता पनि जिम्मेवारी विहिन वन्नुनपर्ने र क्षमताको आधारमा सवैले जिम्मेवारी पाउने तर जिम्मेवारी लिएर काम नगर्नेहरुको समेत मुल्याङकन गरीने उहाँले बताउनुभयो । जिल्लाका पुर्व इन्चार्ज कमल चौलागाईले दोलखा एमालेहरुको निक्कै राम्रो जनमत भएको ठाउँ भएता पनि आन्तरीक समस्याका कारणले परिणाम राम्रो हुन नसकेको स्मरण गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै पार्टी जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले आगामी दिनमा पार्टी नयाँ योजनाका साथ पार्टीलाई एकतावद्ध गराई तल्लो तह सम्म जाने तयारी रहेको हुँदा सवैलाई सक्रियतापुर्वक लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष राजेन्द्र मानन्धर, प्रदेश कमिटी सदस्य भरत बहादुर केसी, वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, इन्चार्ज पार्वत गुरुङ, पुुर्व इन्चार्ज कमल चौलागाई, वागमती प्रदेश इन्चार्ज राजन भटराई लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।