जफे, दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एमाले तामाकोशी पालिका कमिटीले ध्यानकर्षण पत्र बुझाएको छ ।
तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको योजनाहरुमा समावेश गरिनुपर्ने विकास निर्माणका गतिविधी तथा नितिगत विषयलाई समेटेर ध्यानकर्षण पत्र बुझाएको नेकपा एमाले दोलखाका सचिवालय सदस्य तथा पालिका इन्चार्ज धिरज सुवेदीले बताउनु भयो । स्थानिय सरकार गठन भएको लामो समय वितिरक्दा समेत स्थानीय हरुले प्रत्यक्ष रुपमा स्थानिय सरकारको अनुभुति गर्न नपाएको भन्दै स्थानिय जनतालाई प्रभावकारी स्थानिय सरकारको अनुभुती गराउन सरकारी निकायको पहुत तथा संस्थागत सवलीकरणमा जोड दिँदै आगामी आर्थिक वर्षलाई सवल स सम्वृद्ध तामाकोशीको रुपरेखा तथा योजना तर्जुमाका लागि कृषि सिंचाइ स्वास्थ्य शिक्षा, पुर्वधारको विषयहरु समेटेर पालिकालाई ध्याकर्षण पत्र बुझाएको हो ।
नेकपा एमालेले बुझाmएको ध्यानकर्षण पत्रमा कृषिमा एक वडा एक वा दुई पकेट क्षत्र कार्यक्रम संचालन गरिनुपर्ने, कृषकहरुलाई अनुदान तथा प्रविधी आवश्यक उपकरणहरु सहयोग गरिनुपर्ने, सहुलीयत कर्जा तथा जंगली जनावरबाट कृषकहरुलाई हुने क्षतीको वारेमा दिगो व्यवस्थापन गरिनुपर्ने जस्ता मागहरु गरिउको छ ।
त्यस्तै पालिको उत्पादन हुने क्षत्रहरुमा सिंचाईको व्यवस्था गरिनुपर्ने, लिफट सिंचाई प्रयोगमा ल्याउनुुका साथै निर्माण कार्य सम्पन्न गरिनुपर्ने, वहु उदेश्यीय सहित प्लास्टीक पोखरीहरु निर्माण गरिनु पर्ने छ । निर्माणधिन अवस्थामा रहेको अस्पताल निर्माण सम्पन्न गरी संचालनमा ल्याउनुपर्ने, नागरिकहरुलाई निशुल्क औषधी वितरण तथा विमाको व्यवस्था गरिनुपर्ने जेष्ठ नागरिकहरुलाई घरमानै गई स्वास्थ्य सेवा प्रदान गरिनु पर्ने जस्ता विषयहरु ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पालिकाले प्राविधीक विषयका स्कुलहरु संचालनमा ल्याई दक्ष सिपमुलक जनशक्तिहरुको उत्पादन गरिनुपर्ने, शिक्षकहरुलाई न्यायोति दरवन्दी मिलन गरि विधार्थीहरुलाई स्कुल वसको व्यवस्था गरिनु पर्ने जस्ता विषयहरु समेटीएको छ ।
पालिकामा सुशासन पारर्दशिता कायम गराउनका लागि कार्यक्रमहरु संचालन गरिनुपर्ने दश लाख भन्दा माथिका कामहरु ठेक्का प्रकृया मार्फत गरिनुपर्ने, दलित महिला जनजाती लक्षित वर्गहरुको लागि विशेष कार्यक्रमहरु संचालन गरिनुपर्ने उल्लेख गरिएको छ ।
नेकपा एमाले तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष होम बहादुर श्रेष्ठ र इन्चार्ज धिरज सुवेदीद्धारा हस्ताक्षरीत ध्यानकर्षण पत्र पार्टीका विभिन्न व्यक्तहरुको उपस्थितीमा पालिका अध्यक्ष प्रोणप्रताप केशीलाई हस्ताणतरण गरिएको हो ।