निर्माण व्यवसायी संघ दोलखाको सचिवमा युवा निर्माण व्यवसायी रोसन श्रेष्ठको उम्मेदवारी

चरिकोट, दोलखा जिल्ला निर्माण व्यवसायी संघको नयाँ नेतृत्वको लागि युवा निर्माण व्यवसायी रोसन श्रेष्ठले सचिव पदमा उम्मेदवारी दिनुभएको छ । निर्माण व्यवसायी श्रेष्ठले निर्माण व्यवसायी संघ दोलखाको आठौँ अधिवेशनमा हुन लागि रहेको निर्वाचनमा सचिव पदमा उम्मेद्धवारी दिनुभएको हो ।

दोलखा जिल्ला निर्माण व्यवसायी संघको चैत्र ७ गते ८ औ जिल्ला अधिवेशनको उदघाटन पश्चात निर्वाचन स्थगित भएको थियो । निर्माण व्यवसायी संघले गठन गरेको निर्वाचन समितीले वैशाख २२ गते नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यातालिका अनुसार दोलखा जिल्ला निर्माण व्यवसायी संघ दोलखाको नयाँ कार्य समितीको लागि वैशाख २९ गते निर्वाचन तोकिएको छ ।
निर्वाचन समितीले निर्वाचनको मिति तोके संगै जिल्लामा निर्वाचनको चहलपहल सुरु भएको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुन नसकेपनि निर्वाचनको अन्तिम तयारीमा पुगेको छ ।

जिल्लामा लामो समय देखि निर्माण व्यवसायमा रहनुभएको युवा निर्माण व्यवसायी रोसन श्रेष्ठले सचिवमा पदको लागि उम्मेदवारी दिनुभएको छ । सचिव पदको लागि दुई जना विच प्रतिस्पर्धा हुन लागेको छ ।

संस्था र आम निर्माण व्यवसायीहरुको हितमा काम गर्नका लागि आफुले सचिव पदमा उम्मेदवारी दिएको उम्मेदवार रोसन श्रेष्ठले बताउनु भयो । आफु सचिव पदमा रहेर निर्माण व्यसायीहरु र संस्थालाई चलायमान प्रभावकारी बनाउनको लागि योजना रहेको हुँदा सम्पुर्ण निर्माण व्यवासायीलाई निर्वाचनमा आफुलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । २०६९ साल देखि आफु निर्माण व्यवसाय पेशामा रहेको उहाले बताउनु भयो । यस अघिको कार्यकालमा आफु संघको कार्यसमिती सदस्य पदमा रहेर समेत काम गरी सकेको अनुभव रहेको उहाँले बताउनु भयो ।