जिरी माध्यमिक विद्यालयमा नमुना युवा संसद कार्यक्रम सम्पन्न

जिरी माध्यमिक विद्यालय र टोनी हगान फाउण्डेसन नेपालको संयुक्त आयोजनामा जिरी माविमा आज नमुना युवा संसद् कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरुलाई संसदीय व्यवस्थाप्रति अभ्यास गरी नेतृत्वदायी भूमिका निर्वाहका लागि सशक्तीकरण गर्न यस किसिमको अभ्यास फलदायी हुने उद्देश्यका साथ विद्यालयमा कक्षा ११ मा अध्ययरत विद्यार्थीहरु तथा सहिद आवसीय मावि र जिरी प्राविधिक शिक्षालयका विद्यार्थीहरुद्वारा अभ्यासात्मक प्रस्तुति गरिएको थियो । हाल देशमा भइरहेका संसदीय अभ्यासप्रति युवा वर्गमा वितृष्णा जागृत भइरहेको सन्दर्भमा यस किसिमका अभ्यासले सकारात्मक सन्देश प्रदान गर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख जिरेलले व्यक्त गर्नु भयो ।

कार्यक्रममा फाउण्डेशनका वसन्त थापा फटिक थापा नगर उपप्रमुख कृष्णमाया बुढाथोकी नेपाली कांग्रेस जिरीका उपसभापति गणेश जिरेल, पूर्व प्रअ टेकबहादुर जिरेल लगायतले शुभकामना तथा अनुभूति मन्तव्य राख्नु भएको थियो ।

फाउण्डेशनद्वारा जिरी नपा ५ स्थित टोनी हगानको प्रतिमामा माल्यार्पण तथा पश्चिम नेपालका फोटो प्रदर्शनी र केही वृत्तचित्र प्रस्तुत गरिएको थियो ।