दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको टाईसेट सार्वजनीक

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजनामा हुन लागेको दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको टाईसेट सार्वजनीक गरेको छ ।
पाँच नम्वर वडा कार्यालयको आयोजनामा माघ १ गते देखि मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगिता हुन लागेको हो । फुटवल प्रतियोगिता माघ १ गते देखि ५ गते सम्म वडा नम्वर ५ स्थित बुढाभिम्शेन खेल मैदानमा संचालन हुने वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो ।
दोस्रो वडा अध्यक्ष कप प्रतियोगिताको लागि जिल्ला स्थित माविमा अध्ययनरत १८ वटा विद्यालयको २० टिमको सहभागी भएको आयोजकले जनाएको छ । सहभागी टिमहरुको आधारमा आज चरिकोटमा एक कार्यक्रमको आयोजना गरी आयोजकले टाईसेट सार्वजनिक गरेको हो । फुटवल प्रतियोगितामा विजयी हुने टिमले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत टिमले ४५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकर्ता, किपरलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।