दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा राईजिङ स्टार स्कुल विजयी

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजनामा भएको दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा राईजिङ स्टार स्कुल विजयी भएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्वर ५ वडा कार्यालयको आयोजनामा माघ १ गते देखि बुढाभिमशेन खेल मैदानमा आयोजना भएको मावि स्तरिय खुल्ला पुरुष फुटवल प्रतियोगितामा आज भएको फाइनल खेलमा राईजिङ स्टार स्कुल विजयी भएको हो । राईजिङ स्टार स्कुल र अल्पाइन पव्लिक स्कुल विच आज भएको खेलमा पुर्ण समयमा पनि वरावरी भए पछि पेनाल्टी सुटमा राईजिङ स्टार स्कुलले अल्पाईन पव्लिक स्कुललाई हराउँदै जित हात पारेको हो ।

दोस्रो वडा अध्यक्ष कप प्रतियोगिताको लागि जिल्ला स्थित माविमा अध्ययनरत १८ वटा विद्यालयको २० टिमको सहभागी रहेको थियो ।
प्रतियोगितामा विजयी हुने टिम राईजिङ स्टार स्कुलले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा उप विजेत अल्पाइन पव्लिक स्कुलले नगद ४५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकर्ता, किपरलाई समेत प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ ।

भिमेश्वर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा विजयी टिमलाई भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नाराण मानन्धर र उप प्रमुख कमला वस्नेतले पुरस्कार वितरण गर्नु भएको थियो । वडाको वार्षिक कार्यक्रम अन्र्तगत अन्य क्षत्रमा जस्तै खेल क्षत्रमा समेत खेलाडिहरुको सहभागि गराउने उदेश्यले गत वर्ष देखि वडाले वडाअध्यक्ष कपको आयोजना गर्दै आएको वडा अध्यक्ष वासु श्रेष्ठले बताउनु भयो ।