दोलखा काठमाण्डौ सम्पर्क मन्चको कोषाध्यक्षमा संजीव थापाको उम्मेदवारी

नेकपा एमाले दोलखाका काठमाण्डौ सम्पर्क मञ्चको कोषाध्यक्ष पदमा युवा नेता संजीव थापाले उम्मेदवारी दिनुभएको छ ।

काठमाण्डौमा संचालन भई रहेको नेकपा एमाले दोलखा काठमाण्डौ सम्पर्क मञ्चको १२ औँ अधिवेशनमा नयाँ नेतृत्वको लागि युवा नेता थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर १ सूस्पाक्षमावतीमा जन्मनुभएका थापाले दोलखा काठमाण्डौ सम्पर्क मञ्चको समितीमा वसेर काम गरी सक्नु भएको छ । समितीमा वसेर काम गरेको अनुभव र संस्थमा वसेरस संस्थाको गतिविधीलाई प्रभावकारी बनाउनका लागि आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकको थापाले बताउनु भयो । पाटीको अभियानमा निरन्तर खटि रहेकोहुँदा संस्थाको हित र उन्नतीको लागि आफुलाई मतदान गर्न सम्पुर्ण मतदाताहरुलाई आग्रह गर्नु भयो । कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको थापा युवाहरु नेतृत्वहरु माझ लोकप्रिय हुनुहुन्छ । सम्पर्क मञ्चको कमिठीमा र विभिन्न कमिटी तथा विभागहरुमा बसी कुशलतापुर्वक नेतृत्व गरी सक्नुभएको छ ।

दोलखा काठमाण्डौ सम्पर्क मञ्चको निर्वाचन आज हुन लागेको छ । चैत्र २४ गते अधिवेशन उदघाटन भए पछि सर्वसहमती गर्ने तयारीमा छलफलको लागि आज सम्म रोकिएपनी सर्वसम्मत नेतृत्व चयन गर्न नसके पछि आज निर्वाचन गर्न लागेको हो । समितीको निर्वाचन प्रमुख सरोज मोहन लामाले निर्वाचन कार्यतालिका सार्वजनीक गर्नुभएको हो । आज दिउँसो ३ बजे बाट निर्वाचन हुने भएको छ ।