दोलखामा संघिय संसदको बजेटमा छनोट भएका २० योजनाहरु

चरिकोट, ९ मङ्सिर
दोलखामा भर्खरै विनियोजन गरेको संघिय संसद मातहतको बजेटमा सडकलाई पहिलो प्राथमिकता दिएको छ ।

स्थानिय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ४ करोड वजेटबाट २० वटा योजनाहरु छानिएका छन् । २० योजना मध्ये ९ वटा योजना सडकका योजनाहरु रहेका छन् । दोलखा प्रतिनिधी सभा सदस्य पार्वत गुरुङको अध्यक्षतामा रहेको समितिले धेरै योजनाहरु माग भए पनि प्राथमिकिकरण गरेर वजेट विनियोजन गरको हो । संघिय संसदको लागि एक मात्र निर्वचन क्षेत्र रहेको दोलखामा धेरै योजनाहरुको माग भएता पनि ४ करोडकोे बजेट बाट २० योजना मात्र छनोट गर्नु पाउने नितिगत बाध्यता रहेकोले ति योजना छनोट गरिएको र अन्य योजनाहरु आवश्यकता पहिचान गरि प्रदेश तथा स्थानिय तहबाट वजेट संबोधन गरिने संसद पार्वत गुरुङले बताउनु भयो ।

दोलखा जिल्ला हिमाली जिल्ला भएको हुँदा जिल्लामा हिमालयन अध्ययन अनुसन्धान तथा तालिम केन्द्र निर्माणको योजनालाई पनि विशेष प्राथमिकता दिएको छ । गौरिशंकर हिमालको काखमा रहेको भिमेश्वर नगरपालिकामा निर्माण गर्न लागिएको हिमालयन अध्ययन अनुसन्धान तथा तालिम केन्द्रको लागि १ करोड रकम विनियोजन गरिएको छ ।

स्थानिय पुर्वधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ४ करोड रकमबाट स्वास्थ्यको क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित चरिकोट अस्पतालमा हाई डिपेन्डेन्सी यूनिट स्थापना गर्नको लागि ५० लाख रकम विनियोजन गरेको छ । सडक अन्र्तगत तामाकोशी गाँउपालिकाको ढाडे सितापाइला जफे चक्रपथ सडक निर्माण र शैलुङ गाँउपालिकाको मागा विर्ता कोशे खोला चरिकोट सडक निर्माण गर्न ४०÷४० लाख रकम विनियोजन गरको छ ।

दोलखामा बहुउदेश्य सहित निर्माण भई रहेको नेपाल पत्रकार महासंघको भवन निर्माणको लागि समेत १० लाख रकम विनियोजन गरिएको छ भने नेपाली कांगे्रसका स्वर्गीय नेता भिम बहादुर तामाङको स्मृती पार्क निर्माणको लागि पनि १० लाख रकम विनियोजन गरिएको छ ।

अन्य सडक योजना, पहिरो नियन्त्रणको लागि ग्याविन वाल निर्माण, सहकारी भवन निर्माण, प्राविधिक शिक्षा पुर्वधार विकास निर्माण, थामी संग्रालय निर्माण लगाएतका योजनाहरु रहेका छन् ।

योजनाहरु