दोलखामा पनि विभिन्न कार्यक्रम सहित क्रिसमस भव्य रुपमा मनाउदै

दर्पण संवाददाता
पौष १०, दोलखा

क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीस्टको जन्म जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।

यस अवसरमा आज दोलखाको विभिन्न चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइएको हो । क्रिस्चियन धर्मलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउदै आएका छन् । यस अवसरमा दोलखाको विभिन्न स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । चरिकोट लगाएत आसपासका चर्चहरु सजिएका छन् ।

दोलखाको चर्चहरुमा यसुकौ शिक्षा एमवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी यो पर्व मनाइदै छ । यस अवसरमा आज मानिसले एकापसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा विभिन्न स्थानमा साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

येशु ख्रीष्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ मनाइन्छ ।
नेपालमा क्रिस्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन समुदाय रहेको राष्ट्रिय ख्रीष्टियन महासङ्घले जनाएको छ ।