जिल्ला ट्राफिक प्रहरी कार्यलय दोलखाले आज वाट लागु पदार्थ सेवन परिक्षण कार्यक्रम सुरु गरेको छ । जनस्वास्थ्य कार्यलय दोलखा र ट्राफिक प्रहरी कार्यालय दोलखाले आज चरिकोटमा एक कार्यक्रमको आयोजना गरी लागुपदार्थ सेवन परिक्षण कार्यक्रम सुरुवात गरेको हो । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लागुपदार्थ सेवन परिक्षण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर भट्राइले बताउनु भयो । जिल्लामा हुने सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले लागु पदार्थ सेवन परिक्षण सुरु गरिएको कार्यालय प्रमुख भट्राइले बताउनुभयो । कार्यक्रमको उद्धघाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यो परिक्षणले सवारी दुर्घटना मा कमी आउने हुदा पुर्ण रुपमा कार्यन्वयन गर्नको लागि आग्रह गर्नुहुदै यो अभियानमा सवैले साथ सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमको अध्यक्ष जनस्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख उत्तम खनालले ट्राफिक सगँ को समन्वयमा गरिनुपर्ने कार्यक्रम अन्र्तगत उक्त परिक्षण कार्यक्रम सुरु गरिएको बताउनुभयो । कार्यक्रममा लागु पदार्थ सेवन परिक्षण गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई किट हस्तान्तरण गरेको छ । उक्त किटको माध्यमबाट २४ घण्टा भित्र लागु पदार्थ सेवन गरेको वा नगरेको पत्ता लगाउन सकिने ट्राफिक प्रमुख भट्राइले बताउनुभयो ।