दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ६ लापिलाङमा बृद्धा महिलाको हत्या गरेको आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महिलाकै घरमा वास वसेर ८० वर्षिय महिला पदम कुमारी सुनुवारको हत्या गरेको आरोपमा कालिन्चोक गाउँपालिका वडा नम्वर ४ का करिव २२ वर्षिय विक्रम कार्की पक्राउ परेको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।
घरमा एक्लै वस्दै आएको महिलाको घरमा राती वास मागेको र खाना खाएर फरक फरक कोठामा सुतेको वेला राती पैसा लुटने मनसायले महिलाको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । दश गते महिला धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरमा फेला परेको थियो भने हत्या गरी फरार रहेका कार्कीलाई प्रहरीले ११ गते दिउँसो पक्राउ गरेको थियो । ११ गते पक्राउ परेका कार्कीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको दोलखा प्रहरी प्रमुख युवराज खड्काले बताउनु भयो ।
विदेश जाने तयारीको लागि काठमाण्डौ गएका कालिन्चोक गाउँपालिका ४ का आरोपित कार्की सिसागोलाईमा वसबाट झरेल लापिलाङ गएका थिए । घरमा एकै वस्दै आएका महिला सुनुवारले उनलाई देखेपछि रातीको समयमा कता हिठेको भनि सोधखोज गर्दा रातपरेको र वास दिन आग्रह गरे पछि वास दिएको थियो । राती फरक फरक कोठामा सुतेको र कार्कीले आफु सुतेको कोठाबाट खुकुरी लिई गई महिला सुतेको कोठामा पुगी महिलाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।