दोलखाको जिरीमा श्रीमतीले गरीन श्रीमानको हत्या

दर्पण संवाददाता
चरिकोट, २९ चैत्र
दोलखाको जिरी नगरपालिका वडा न १ ढुंगेमा श्रीमती श्रीमान विविद हुँदा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ ।

बुधबार राती श्रीमान र श्रीमती विच विवाद हुँदा ५९ बर्षिय श्रीमान निमा तेन्जीङ शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बुधबार बेलुका मदिरा सेवन गरी घर गएका शेर्पा र श्रीमती विच विवाद भएको र श्रीमतीले दाउराको चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार बेलुकाकै घटना भएता पनि आज मात्रै सार्वजनिक भएको हो । श्रीमानको हत्या गरी शवलाई गुपचुप राखी श्रीमती मेलामा निस्कीएकी थिइन् । मृतकका छोरा आज घर पुगे पछि मात्र घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
हत्यागरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको श्रीमती फुर्लम्वु शेर्पाले सदै मदिरा सेवन गरी दुख दिने गरेको र प्रतिवाद गर्दा मृत्यु भएको प्रहरीलाई प्रारम्भीक वयान दिएको छ । शवलाई पोष्टमाटमको लागि जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरी निरीक्षक प्रदिप महतदले जानकारी दिनु भयो ।